Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

राष्ट्र बैंक भवनको पुनर्निर्माण, गभर्नरले गरे पूजा

२०८१ श्रावण २५ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नयाँ मुख्यालयको शुक्रबार बिहान पूजा गरेका छन् । भूकम्पबाट क्षतिग्रस्त भएको राष्ट्र बैंकको भवन पुनर्निर्माण गरिएपछि सो भवनमा सर्ने क्रम जारी छ । सोही सन्दर्भमा आजको साइते हेरेर अधिकारीले पूजा गरेका हुन् ।

पूजामा उनले राष्ट्र बैंकका डेपुटी गभर्नर र कार्यकारी निर्देशकहरु नदेखिए पनि श्रीमतीलाई भने सँगै राखेको देखिन्छ । एक जना डेपुटी गभर्नर बमबहादुर मिश्र इण्डोनेसिया गएका छन् भने अर्की डेपुटी गभर्नर डा. नीलम ढुंगानालाई भने संभवतः आमन्त्रण नगरिएको हुनसक्ने अडकल गरिएको छ ।