Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सनराइज म्युचुअल फन्डका दुई योजनाद्वारा इकाइधनीलाई प्रतिफल घोषणा

२०८१ श्रावण २५ गते

बैंकिङ खबर/ लक्ष्मी सनराइज बैंक कोष प्रवर्द्धक तथा लक्ष्मी सन्राइज क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको सन्राइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई योजनाले इकाइधनीका लागि प्रतिफल घोषणा गरेका छन्।

आर्थिक वर्ष २०८०/८१ मा बन्दमुखी योजना सन्राइज फस्र्ट म्युचुल फन्डका इकाइधनीलाई करसहित १२.५ प्रतिशत र सन्राइज फोकस्ड इक्विटी फन्डका इकाइधनीलाई करसहित ४.५ प्रतिशत प्रतिफल वितरण गरिने भएको हो। कम्पनी सञ्चालक समितिको साउन २४ मा बसेको १४५औं बैठकले इकाइधनीलाई प्रतिफल वितरणको निर्णय गरेको हो।