Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

शाखा विस्तारमा अब्बल प्रभु बैंक : एकै दिन चार शाखा विस्तार

२०८१ श्रावण १५ गते

बैंकिङ खबर/ प्रभु बैंकले एकै दिन बागलुुङमा चार शाखा विस्तार गरेको छ। जिल्लाको ढोरपाटन नगरपालिका–७ बोवाङ, निसीखोला गाउपालिका–५, निसी वडिगाड गाउँपालिका–२, खरबाङ र वडिगाड गाउँपालिका–७ भिमगिठेमा गरी चार शाखा विस्तार गरेको हो।

शाखाहरूको उद्घाटन बैंकका संस्थापक अध्यक्ष देवी प्रकाश भट्टचनले गरेका हुन्। शाखा विस्तारसँगै स्थानीय ग्राहकले लाभ लिन सक्ने बैंकको विश्वास छ। बैंकले ३१३ शाखा, २८६ एटीएम र ६९ एक्सटेन्सनमार्फत सेवा प्रदान गर्दै आएको छ।