Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कुमारी बैंक र बुद्ध एयरबीच सम्झौता

२०८१ श्रावण ११ गते

बैंकिङ खबर/कुमारी बैंक र बुद्ध एयरबीच टिकटमा छुट सम्झौता भएको छ। सम्झौता अनुसार कुमारी बैंकका ग्राहक र परिवारका सदस्य (बुवा, आमा, श्रीमती र छोरा/छोरी)को लागि बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरद्वारा बुद्ध एयरको काउण्टरबाट प्लेन टिकट खरिद गर्दा ८ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

छुट लिन ग्राहकले कुमारी बैंकको डेविट/क्रेडिट/प्रिभिलेज कार्ड साथमा लानुपर्नेछ। सुविधाबाट सेवाग्राहीले गुणस्तरीय सेवा लिन सकुन भन्ने बैंकले विश्वास लिएको छ। कुमारीले ३०२ शाखा, ३१४ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आएको छ।