Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिन्धु विकास बैंकमा ९ दिनमै फेरिए अध्यक्ष

२०८१ असार २४ गते

बैंकिङ खबर/ सिन्धु विकास बैंकको अध्यक्षमा दामोदर प्रसाद सुवेदी चयन भएका छन् । नियुक्त भएको ९ दिनमा अध्यक्ष निभा डंगोल श्रेष्ठलाई हटाएर सुवेदीलाई चयन गरेको हो ।

असार १३ गते बैंकले अध्यक्षमा डंगोल श्रेष्ठलाई नियुक्त गरेको थियो । बैंकले गरेको उक्त निर्णयमा पूनर्विचार गर्नुपर्ने देखिएकाले असार २२ गते सुवेदीलाई अध्यक्षमा चयन गरेको छ । सुवेदी कर्मचारी संचयकोषका प्रतिनिधि हुन् ।