Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एटीएम मेसिन फोड्दै गएको अवस्थामा युवक पक्राउ

२०८१ असार १९ गते

बैंकिङ खबर/ पोखरामा एटीएम मेसिन फोड्न खोज्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। बुधबार बिहान साढे २ बजेतिर पोखरा ५, जिरो किलोमिटरमा रहेको एनएमबी बैंकको एटीएम मेसिन तोडफोड गरी रकम निकाल्न खोज्ने युवकलाई प्रहरीले तत्काल पक्राउ गरेको हो।

ती युवक धादिङ जिल्ला सिद्धलेख गाउँपालिका ३ घर भई हाल पोखरा महानगरपालिका ९ बस्ने २३ वर्षीय रुपेश नेपाली रहेको प्रहरीले जनाएको छ।