Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

वीरगञ्जस्थित सिद्धार्थ बैंकमा आगलागी

२०८१ असार १७ गते

बैंकिङ खबर/ वीरगञ्जस्थित सिद्धार्थ बैंकमा सोमबार अपराह्न आगलागी भएको छ। आदर्शनगरस्थित बैंकको शाखा कार्यालयमा आगो लागेको छ। बैंकको माथिल्लो तल्लामा आगो लागेको छ। अहिले निभाउने प्रयास जारी रहेको छ।

वीरगञ्ज महानगरपालिकाबाट पुगेको दमकलको सहायताले आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ। आगो कसरी लाग्यो भन्नेबारेमा खुल्न बाँकी रहेको तथा घटनाबारेमा थप विवरण आउँन बाँकी रहेको पर्साका प्रहरी प्रवक्ता दिपक भारतीले जानकारी दिए।