Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैकिङ कसुरः फरार प्रतिवादी काठमाडौंबाट पक्राउ

२०८१ असार १३ गते
प्रतिकात्मक तस्बिर

बैंकिङ खबर/ बैकिङ कसुरका मुद्दाका फरार प्रतिवादी पर्सा वीरगंज महानगरपालिका-१२ घर भई काठमाडौं महानगरपालिका-१४ बल्खु बस्ने ३६ वर्षीय अनिल कुमार गुप्तालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त कसुरमा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बल्खुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।