Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

जाजरकोटको खलंगामा प्रभु बैंकको ३०७ औँ शाखा

२०८१ असार ७ गते

बैंकिङ खबर/ प्रभु बैंक लिमिटेडले जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ४ मा शाखा कार्यालय विस्तार गरेको छ । बैंकले खलंगा बजारमा आफ्नो ३०७औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरूमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरूपमा बैंकिङ सेवा विस्तार गरेको छ ।

बैंकको जाजरकोट शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह हुने बैंकको विश्वास छ ।

हालसालै ‘बैंक अफ द इयर, २०२३’को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३०७ शाखा कार्यालय, २८६ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।