Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सडक दुर्घटना न्यूनीकरणका लागि नेपाल बैंकले दियो सडक डिभाईडर

२०८१ जेष्ठ २९ गते

बैंकिङ खबर/ नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको परिसरका सडकहरूमा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक डिभाईडरहरू दिएको छ । बैंकको कीर्तिपुर शाखामा आयोजित एक कार्यक्रममा बैंकका शाखा प्रबन्धक नारायण प्रसाद दाहालले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल प्रा.डा. ध्यानेन्द्र बहादुर राईलाई सडक डिभाईडरहरू हस्तान्तरण गरेका हुन् ।

बैंकले त्रिभुवन विश्वविद्यालय परिसरको सडक दुर्घटना न्यूनीकरणका साथै सडक प्रयोग गर्ने सबैको सुरक्षाको लागि संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गरेको भन्दै राईले धन्यवाद दिए । बैंकका शाखा प्रबन्धक दाहालले बैंक र नेपालको प्रतिष्ठित विश्वविद्यालय बिच युगौंदेखि रहेको सम्बन्ध र विश्वविद्यालयले शिक्षा क्षेत्रमा खेलेको अतुलनीय भूमिकाको सराहना गर्नुहाुदै बैंकले सडक दुर्घटना न्यूनीकरण एवम् सडक सुरक्षित बनाउन आवश्यक सामाग्री सहयोग गरेको बताए ।