Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नक्कली नोटको बिगबिगीः कलंकीबाट ५ सय १५ थानसहित महिला पक्राउ

२०८१ जेष्ठ २८ गते

बैंकिङ खबर/ ठूलो परिमाणमा नक्कली नोटसहित काठमाडौंबाट एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको कलंकीमा चियापसल सञ्चालन गर्दै आएकी तारादेवी डंगोललाई पक्राउ गरिएको हो । नेपाली एक हजार दरका ५१५ थान नक्कली नोटसहित उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

डंगोलले नक्कली नोटको कारोबार गरेको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो । प्रहरीले उनको पसल तलासी गर्दा उक्त नक्कली नोट फेलापरेको थियो । त्यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।