Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कुमारी बैंक र युएसएआइडीबीच सम्झौता

admin २०८१ जेष्ठ २५ गते
सेयर:

बैंकिङ खबर/ कुमारी बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्योग–व्यवसाय वित्तीय साक्षरता कार्यक्रमका लागि युएसएआइडीसँग सम्झौता गरेको छ। यस सम्झौताअन्तर्गत युएसएआइडी ट्रेड एण्ड कम्पिटीभ्नेसले बैंकलाई नेपालभरका साना तथा मझौला उद्योग–व्यवसाय माझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने पहलमा सहयोग गर्नेछ ।

बैंकले यस कार्यक्रममार्फत १० हजार नयाँ साना तथा मझौला उद्योग–व्यवसाय लाई ‘बैंकिङ र क्रेडिट रेडी’बनाउन वित्तीय सहयोग गर्ने छ। बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखारहित बैंकिङ इकाईहरुमार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।