Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्रभु बैंक लिमिटेड र Swisscontact / (NAMDP Phase II) बीच सम्झौता

२०८१ जेष्ठ २२ गते


बैंकिङ खबर/ प्रभु बैंक लिमिटेड र Swisscontact / Nepal Agricultural Market Development Programme (NAMDP) Phase II बीच सम्झौता भएको छ ।

कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका नेपाली कृषकहरुको व्यवसायीक विकासमा सहयोग गर्ने गरी Swisscontact Nepal को सहकार्यमा सञ्चालन गरिने “Growing together : A Sustainable Agriculture initiative for Koshi Province” नामक परियोजनाका लागि सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा Swisscontact Nepal/ Nepal Agricultural Market Development Programme (NAMDP) Phase II  का तर्फबाट प्रतिनिधि रीमा श्रेष्ठले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार नेपालको कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका वा कृषि व्यवसाय गर्ने ईच्छा भएका कृषकहरुलाई प्रभु बैकको नजिकका शाखाहरुबाट कृषि कर्जाका साथै विक्तिय साक्षरता÷व्यवसायिक साक्षरता सहज रुपमा उपलब्ध गराइनेछ ।