Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सानिमा बैंकका ग्राहकलाई स्काईवाक टावरको टिकटमा छुट

२०८१ बैशाख २६ गते


बैंकिङ खबर/ सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न वन्डर्स नेपाल प्रा.लि.मा छुटको व्यवस्था गरेको छ ।

उक्त व्यवस्था अन्तर्गत सानिमा बैंकको भिसा डेबिट÷क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा स्काईवाक टावरको टिकटमा १० प्रतिशत छुट पाउने छन् ।

उक्त समझदारी पत्रमा वन्डर्स नेपाल प्रालिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र प्रसाद श्रेष्ठ तथा सानिमा बैंकको तर्फबाट प्रमुख डिजिटल बैंकिङ्ग बिक्रम श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

बैंकले समय समयमा ग्राहकहरुलाई विभिन्न छूट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको बताएको छ । सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा एटीएमहरु संचालनमा छन् ।