Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी

२०८१ बैशाख १८ गते

बैंकिङ खबर/ नबिल बैंकको वीरगञ्ज शाखाबाट एक सय दरका करिब १ करोड ३४ लाख नोट चोरी भएको बताइएको छ । प्रहरीका अनुसार सोमबार बिहान अज्ञात समूहले बैंकमा आएर चोरी गरेको हो । रकम चोरी भएकोबारे बैंकले पर्सा प्रहरीलाई जानकारी गराएको थियो ।

चोरी भएको सूचना पाएपछि प्रहरीले सुरु गरेको अनुसन्धानमा चार जना बैंकभित्र प्रवेश गरी दराजबाट पैसा निकालेको सीसीटीभी फुटेजमा देख्न सकिने प्रहरीले बताएको छ । यो रकम बैंकले राखेको स्टील दराजबाट चोरी भएको बताइएको छ । रकम चोरीबारे अहिले अनुसन्धान भइरहेको र पूर्ण विवरण नआइसकेको प्रहरीले जनाएको छ ।