Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

लक्ष्मी सनराइज बैंकको कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक

२०८१ बैशाख ४ गते

बैंकिङ खबर/लक्ष्मी सनराइज बैंकले वातावरणीय उत्तरदायित्वको प्रतिबद्धतालाई सुढृद बनाउँदै आर्थिक वर्ष २०७९/८० सम्मको सवारी साधन कर्जा तथा आवासीय कर्जाअन्तर्गत निष्कासित कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ।

बैंक कार्बन एकाउन्टिङ फाइनान्सियल पार्टनरसिप (पीक्याफ)सँग २०२१ देखि आबद्ध हुँदै आएको छ। पीक्याफ वित्तीय संस्थाहरुको विश्वयापी साझेदारी समूह हो, जसले वित्तीय संस्थाको कर्जा र लगानी क्षेत्रमार्फत उत्सर्जन हुने ग्रिन हाउस ग्यासको मूल्यांकन एवं त्यसका विवरण संकलन र सार्वजनिक गर्छ।

लक्ष्मी सनराइजको प्रकाशित विवरणले बैंकको सवारीसाधन कर्जा र आवासीय कर्जामार्फत गत आर्थिक वर्षसम्म कुल १५,९६५.११ टन कार्बनडाइअक्साइड इक्विभ्यालेन्ट उत्सर्जन गरेको देखाएको छ; जसमध्ये सवारी साधन कर्जामार्फत ३,६४४.५१ र आवासीय कर्जामार्फत १२,३२०.६० कार्बन उत्सर्जन भएको छ।

बैंकले आफ्नो कार्बन फुटप्रिन्टको पहिचानसँगै उत्सर्जन गरेको ग्यासको असरलाई न्यूनीकरण गर्न पहल अगाडि बढाइसकेको छ। विभिन्न हरित परियोजनामा लगानी बढाउनुका साथै आफ्ना डिजिटल प्लेटफर्मको पहुँचलाई अझ सुगम र सुढृद बनाउने, पूर्ण रूपमा डिजिटल बचत खाता सञ्चालन गर्ने र ग्राहकलाई दिगो अभ्यास गर्न प्रेरित गर्नेलगायत काम गर्दै आएको बैंकले जनाएको छ।