Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्रभु बैंकले डाक्यो साधारण सभा, यस्ता छन् मुख्य अजेण्डा

२०८० चैत्र २७ गते

बैंकिङ खबर/ प्रभु बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको चैत २३ गते बसेको सञ्चालक समितिको बैठकले २२ औँ वार्षिक साधारण सभा डाकेको हो।

बैठकले आगामी वैशाख २० गते बिहिबारका दिन काठमाण्डौको बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आव २०७९/८० को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ।

यस्तै सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरिनुका साथै चालु आव २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावका साथै सञ्चालकहरुको नियुक्ती अनुमोदन तथा जानकारी सम्बन्धमा प्रस्ताव पारित गरिनेछ ।

सभामा बैंकको सहायक कम्पनी प्रभु क्यापिटल र प्रभु स्टक मार्केट लिमिटेडको गत आव २०७९/८० को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि बैंकले वैशाख ४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ वैशाख ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् ।