Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कामना सेवा विकास बैंक र ए-ला लाउन्जबीच सम्झौता

२०८० चैत्र १५ गते

बैंकिङ खबर/ कामना सेवा विकास बैंकले कुमारीपाटी, ललितपुरस्थित ऐ–ला लाउन्जबीच सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ । सम्झौताअन्तर्गत बैंकका ग्राहकहरूले रेस्टुरेन्टको मेनुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने कामना सेवा विकास बैंकले जनाएको छ ।

ग्राहकहरूले बैंकको डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण सबैले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । हाल बैंकले आफ्ना १३५ सञ्जालहरू तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्रमार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरू प्रदान गरि रहेको छ ।