Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

१ अर्बको म्युचुअल फन्ड ल्याउँदै गरिमा क्यापिटल

२०८० फाल्गुन २ गते

बैंकिङ खबर/ गरिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘गरिमा समृद्धि योजना’ निष्कासनको प्रक्रिया अगाडि बढेको छ। यो योजनाका इकाइहरु बिक्रीका लागि योजना व्यवस्थापन गरिमा क्यापिटलले नेपाल धितोपत्र बोर्डमा अनुमति मागेको हो। धितोपत्र बोर्डले अनुमति दिएमा यो योजनाका इकाइहरुको सार्वजनिक निष्कासन गरिनेछ।

यस योजनाको आकार १ अर्ब रुपैयाँबराबरको रहेको छ। गरिमा क्यापिटलले यो योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ निष्कासन गर्नेछ। गरिमा समृद्धि योजना एउटा बन्दमुखी योजना हो।