Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कर्जा असुली तथा सम्पत्तिको गुणस्तरमा एनआईसी एशिया बैंक उत्कृष्ट रहेको दाबी

२०८० फाल्गुन २ गते

बैंकिङ खबर/एनआईसी एशिया बैंकले कर्जा असुली तथा सम्पत्तिको गुणस्तर सम्बन्धमा बैंक उत्कृष्ट रहेको दाबी गरेको छ ।

बैंकले आफ्ना मुख्य सूचकांकहरू(सञ्चालन मुनाफा, खुद मुनाफा, प्रति शेयर आम्दानी, स्वःपूँजीमा प्रतिफल, निष्क्रिय कर्जा अनुपात लगायत) मा सबै वाणिज्य बैंकहरूमध्ये उत्कृष्टमा पदै आएको दाबी गरेको हो ।

बैंकको संस्थागत सुशासन, कर्जाको गुणस्तर, कर्जा असुलीको अवस्था लगायत सञ्चालक समिति तथा उच्च व्यवस्थापनसँग सम्बन्धित विषयमा प्रकाशित समाचारहरू पूर्णरुपमा असत्य रहेको जनाएको छ ।

कर्जा असुली तथा सम्पत्तिको गुणस्तर सम्बन्धमा बैंकको अवस्था अत्यन्त उत्कृष्ट रहेको र प्रत्येक त्रैमासमा कर्जा असुलीका समग्र परिसूचकहरूमा सर्वोत्कृष्ट मध्येमा पर्दै आएको बैंकको भनाई छ ।

संस्थागत सुशासन, नियमनकारी व्यवस्थाहरूको परिपालना, ‘ओभरअल फाईनान्सीयल इन्डिकेटरस’ मा बैंकको अवस्था, कर्जाको गुणस्तर तथा कर्जा असुलीको अवस्था, सञ्चालक समिति तथा बैंक व्यवस्थापनको कार्यकुशलता लगायत हरेक पक्षबाट हेर्दा बैंक सबै सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्दै गएको बैंकले उल्लेख गरेको छ ।