Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल बैंकले ९.९५ % ब्याजमै घर कर्जा दिने, ५ वर्षसम्म ब्याज परिवर्तन नहुने

२०८० माघ २५ गते

बैंकिङ खबर/नेपाल बैंक लिमिटेडले सुलभ आवास कर्जा योजना सार्वजनिक गरेको छ। ‘अब बन्छ मेरो सपनाको घर…’ भन्ने नाराका साथ बैंकले यो सुलभ आवाज कर्जा योजना सार्वजनिक गरेको हो। यो कर्जा योजनामा ग्राहकले मात्र ९.९५ ब्याजदरमा घर कर्जा पाउनेछन्। यो ब्याजदर ५ वर्षसम्म परिवर्तन नहुने बैंकले जनाएको छ।

बैंकका अनुसार यो योजनाअन्तर्गत ग्राहकले घर निर्माण तथा खरिद गर्न कर्जा पाउनेछन्। घर निर्माण लागतको १०० प्रतिशतसम्म कर्जा उपलब्ध हुने यो योजनाको विशेषता हो। बैंकका अनुसार आवश्यक कागजपत्र पूरा गरी पेस गरेको ५ कार्यदिनभित्र ग्राहकले कर्जा पाउनेछन्।