Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कामना सेवा विकास बैंकको शैक्षिक तथा खेलुकद सामग्री सहयोग

२०८० माघ २३ गते

बैंकिङ खबर/ कामना सेवा विकास बैंकले सिआरएसअन्तर्गत तनहुँको शाखा कार्यालय डुम्रेमार्फत सालबिस्नेस्थित सत्यवतीदेवी आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री सहयोगस्वरुप उपलब्ध गराएको छ।
बैंकको डुम्रे शाखा प्रमुख बलराम लम्सालले विद्यालयका प्रधानाध्यापक ईश्वरबहादुर देवकोटालाई शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरेका हुन्।

आगामी दिनमा समेत सरोकारवालाको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यलाई निरन्तरता दिइने बैंकले जनाएको छ। कार्यक्रममा विद्यालयका विद्यार्र्थी, शिक्षक तथा स्थानीय र बैंकका कर्मचारी उपस्थित थिए।