Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

३ वर्ष कैद तोकिएकी फरार प्रतिवादी पक्राउ

२०८० माघ २१ गते

बैंकिङ खबर/बैंकिङ्ग कसुर मुद्दामा ३ वर्ष कैद सजाय तोकिएकी फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको बनेपा घर भएकी ४५ वर्षीया मन्दिरा केसी (कार्की) छन् । २९ वैशाख २०७१ मा उच्च अदालत पाटनले उनीविरुद्ध ३ वर्ष कैद र ४ करोड रुपैयाँ जरिवाना हुने ठहर गरेपछि उनी फरार थिइन् । उनलाई काभ्रेको बनेपाबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले जनाएको छ ।

क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीलाई प्रभावमा पारेर लिएको कर्जा उनले तोकिएको परियोजनामा लगानी नगरेर दुरुपयोग गरेकी हुन् । मन्दिरा घराना डेभलपर्स प्रालिको सञ्चालक हुन् । सो डेभलपर्सको नाममा कर्जा लिएर दुरुपयोग गरेको अदालतको ठहर छ ।