Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

लक्ष्मी सनराइज बैंकको साधारणसभाले पारित गर्‍यो लाभांश, अध्यक्षमा रमण नेपाल नियुक्त

२०८० पुष २७ गते

बैंकिङ खबर/ लक्ष्मी सनराइज बैंकको २३औं साधारण सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ ।

यसैगरी, सभाले सञ्चालक समितिको प्रतिवेदन तथा अर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पनि पारित गरेको छ ।

साथै सभाले संस्थापक सेयरधनीको तर्फबाट रमण नेपाल र मनोज कुमार भट्टराई तथा सर्वसाधारण सेयरधनीको तर्फबाट स्वाती रुङ्गटा र दिनेश पौड्याललाई सञ्चालक समितिमा निर्वाचित गरेको छ ।

नवनियुक्त सञ्चालक समितिको सोही दिन बसेको बैठकले रमण नेपाललाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ ।