Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कुमारी बैंकको साधारणसभा मिति तय

२०८० पुष २५ गते

बैंकिङ खबर/कुमारी बैंक लिमिटेडले आफ्नो २३ औं वार्षिक साधारणसभाको मिति तय गरेको छ । कम्पनीले लगानीकर्तालाई भने कुनै लाभांशको व्यवस्था गरेको छैन ।

पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले माघ २८ गते बस्ने गरि कम्पनीको साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

साधारणसभा प्रयोजनार्थ माघ ९ गते एकदिन कम्पनीले बुक क्लोज गर्ने जनाएको छ । अर्थात माघ ८ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।