Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

भिसा लिडरसीप कनक्लेभमा हिमालयन बैंक सम्मानित

२०८० पुष ५ गते

बैंकिङ खबर/भिसाले आयोजना गरेको भिसा लिडरसीप कनक्लेभ-२०२३ मा हिमालयन बैंक सम्मानित भएको छ । विश्व प्रख्यात ब्राण्ड अमेरिकन एक्स्प्रेस, जेसीबी मास्टरकार्ड, युनियन पे तथा भिसाका कार्डहरु हिमालयन बैंकले स्वीकार गर्दै आएको छ । जसका कारण बैंकले ‘एक्सिलेन्स इन पोस अक्वायरिङ बिजनेस-२०२३’ र ‘एक्सिलेन्स इन कन्जुमभर कार्डस् प्रिपेड-२०२३’को पुरस्कार प्राप्त गरेको हो ।

भिसाद्वारा आयोजित एक समारोहमा डेपुटी गभर्नर बमबहादुर मिश्र, नेपालका लागि भिसाका प्रतिनिधि बासु सौम्य, लगायत अतिथिको उपस्थितिमा अवार्ड प्राप्त भएको बैंकले जनाएको छ । बैंकले डिसकभर तथा रुपे ब्राण्डका कार्डहरु पनि आफ्नो नेटवर्कमा स्वीकार गर्न सुरु गरेको जनाएको छ ।