Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढकाल नियुक्त

२०८० मंसिर २१ गते

बैंकिङ खबर/ ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा कपिल ढकाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बुधबार सम्पन्न बैठकले ढकाललाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।

बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा करिब १५ वर्ष भन्दा बढीको अनुभव बोकेका ढकाल यसअघि वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।
चार्टर्ड एकाउन्टेन्ट रहेका ढकालसँग डिलोईट इन्डिया, आईसीआईसीआई बैंक इन्डिया, हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेको अनुभव रहेको छ ।

उनी एनआईसी एसिया क्यापिटल लिमिटेड र एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाका अध्यक्ष रहनुका साथै हाल ज्योति क्यापिटल लिमिटेडको अध्यक्ष पनि हुन् ।