बैंकिङ खबर/सांग्रिला डेभलपमेन्ट बैंक लि.का ग्राहक, कर्मचारी तथा शेयरधनीहरुले काठमाडौंको बालुवाटारस्थित टाइम्स स्क्वायर रेष्टुरेन्टमा विभिन्न सेवाहरुमा आकर्षक छुट पाउने भएका छन् ।
रेष्टुरेन्टले उपलब्ध गराउने विभिन्न सेवामा उपलब्ध गराउने छुटसम्बन्धी सम्झौतामा दुवै पक्षबीच सोमबार सम्झौता भएको छ । सम्झौता पत्रमा बैंककातर्फबाट प्रमुख परिचालन अधिकृत अपूर्व प्रसाद जोशी र टाइम्स स्क्वायर रेष्टुरेन्टको तर्फबाट प्रबन्ध निर्देशक राजन ढकालले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार अब सांग्रिला डेभलपमेन्ट बैंक लि.का कर्मचारीले टाइम्स स्क्वायर रेष्टुरेन्टमा १५ प्रतिशत, शेयर होल्डर र ग्राहकहरुले १० प्रतिशत र थप १ देखि ३ बजेसम्म बैंकका कर्मचारीहरुले २० प्रतिशतसम्म छुट पाउनेछन् । यसबाट बैंकका ग्राहक, बंैकका कर्मचारी तथा शेयरधनी महानुभावहरुले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास लिइएको छ ।




