
बैंकिङ खबर/ आउँदै गरेको नेपालीहरुको महान चाड बडा दशैंलाई लक्षित गरि गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुका लागि कुनै पनि सामान खरिद गरी विकास बैंकको डेबिट-क्रेडिट कार्डबाट भुक्तानी गर्नुहुँदा २०% वा अधिकतम रु २०० नगद फिर्ता योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत बैंकको डेबिट-क्रेडिट कार्ड प्रयोगकर्ताहरुले विकास बैंकको एउटा कार्डबाट अधिकतम रु २०० सम्म नगद फिर्ता पाउन सक्नुहुनेछ । नगदरहित कारोबारलाई प्रोत्साहन एवं प्रवद्र्धन हेतु सार्वजनिक गरिएको यस योजनाको अवधि २८ असोज २०८० देखि ७ कात्तिक २०८० सम्म रहेको छ ।
साथै, गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुको दशैें किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सुरुवात पनि गरिसकेको छ । हाल, गरिमा विकास बैंकले देशभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं विभिन्न डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।



