Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

अब विद्युतीय माध्यमबाटै सामाजिक सुरक्षा भत्ता

२०८० भाद्र १७ गते

बैंकिङ खबर/ अबदेखि विद्युतीय माध्यमबाटै सामाजिक सुरक्षा भत्ता वितरण हुने भएको छ । नेपाल क्लियरिङ हाउस र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सम्झौता भएसँगै विद्युतीय माध्यमबाटै सामाजिक सुरक्षा कोष वितरण हुने भएको हो ।

सम्झौताअनुसार एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरु प्रयोग गरी सामाजिक सुरक्षा कोषबाट भुक्तानी हुनेछ । सम्झौतामा विभागका निर्देशक दिलकुमार तामाङ र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मानसिंह प्रधानले हस्ताक्षर गरे ।

हाल नेपाल सरकारको इलेक्ट्रोनिक फण्ड ट्रान्सफरको माध्यमबाट सामाजिक सुरक्षा भत्ता विद्युतीय माध्यमबाट सोझै लाभग्राहीको खातामा जम्मा हुने गरी वितरण गर्ने कार्यको थालनी भइसकेको छ । हाल विभागमा ३७ लाखभन्दा बढी लाभग्राहीहरु आबद्ध छन् । जसलाई त्रैमासिक रुपमा सामाजिक सुरक्षा भत्ता वितरण गरिँदै आइएको छ ।

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएकोमा हाल ५३ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् छ । यस्तै, पिएसपी-पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका १०० भन्दा बढी गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट-प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।

मर्चेन्ट बैंकिङ्ग, बीमा, सहकारी, लघुवित्त लगायतका विभिन्न क्षेत्रहरुमा भुक्तानी कारोबारहरुलाई डिजिटाइज गर्न एनपीएस अन्तर्गतका विभिन्न उपकरणहरु सञ्चालनमा रहेका छन् ।