नेपाल राष्ट्र बैंकले सोमबार पाँच अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकअन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले सरकारका लागि आन्तरिक ऋण उठाउन उक्त ट्रेजरी बिल जारी गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार, सोमबार दिउसो ३ बजे ९१ दिने अवधिको तीन अर्ब रुपैयाँ बराबरको र १८२ दिने अवधिको दुई अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल अनलाइन बिडिङ सिस्टममार्फत विक्रि गरिनेछ । ९१ दिने अवधिको ट्रेजरी बिल आगामी माघ ४ गते परिपक्व हुनेछ भने १८२ दिने अवधिको ट्रेजरी बिल ०७४ साल बैशाख पाँच गते परिपक्व हुनेछ ।


