Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सरकारका लागि झन्डै १० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

admin २०७३ आश्विन २ गते
सेयर:

nrb 1नेपाल राष्ट्र बैंकअन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले सरकारका लागि पुनः नौ अर्ब ९१ करोड रुपैयाँ बराबरको ऋण उठाउने भएको छ । विभागले आइतबार ९१ दिने, १८२ दिने र ३६४ दिने गरी तीन प्रकारका ट्रेजरी बिल जारी गरी कुल नौ अर्ब ९१ करोड ५० लाख रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउन लागेको हो । आइतबार दिउँसो ३ बजे उक्त ट्रेजरी बिलका लागि बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकले ९१ दिने अवधिको आठ अर्ब २३ करोड रुपैयाँ, १८२ दिने अवधिको ५० करोड रुपैयाँ र ३६४ दिने अवधिको एक अर्ब १८ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल अनलाइन बिडिङ प्रणालीमार्फत विक्रि गर्न लागेको हो । ९१ दिने अवधिको ट्रेजरी बिल आगामी पुस ५ गने, १८२ दिने अवधिको आगामी चैत्र ८ गते र ३६४ दिने अवधिको ट्रेजरी बिल ०७४ असोज ३ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ । 

अनलाइन बोलकबोलका लागि यहाँ क्लिक गर्नुहोस् । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।