सहकारी पीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

बैंकिङ खबर/प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विकास निर्माणको क्षेत्रमा भएको विकृतिको नियन्त्रण, सहकारीपीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले सदनमा उठाइएका विषयवस्तुलाई तत्काल कार्यान्वयनमा ल्याउन सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । सांसद बिजुला रायमाझीले जनताका मागका सन्दर्भमा उठाइएका विषयलाई सम्बोधन गर्न माग गरिन् । सांसद बिना […]


कान्तिपुर सेभिङ्गका ६ जनाविरुद्ध पक्राउ पुर्जी

बैंकिङ खबर/ कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरी प्रहरीको नियन्त्रणमा छन् । निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा उनीविरुद्ध प्रहरी वृत्त नयाँबानेश्वरले अनुसन्धान गरिरहेको छ । ५४ वर्षीय हिमालय विक्रम कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–९ का स्थानीय हुन् । अहिले उनी काठमाडौँ महानगरपालिका–३२ मा बस्छन् । निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा […]


कान्तिपुर सेभिङ्गका अध्यक्ष पक्राउ

बैंकिङ खबर/ कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा सो सहकारीका अध्यक्ष हिमाल विक्रम मल्ललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ । कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटका संचाहरुले निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा प्रहरी वृत्त नयाँबानेश्वरमा २०८० जेठ २८ मा मुद्दा दर्ता भएको […]


सहकारी पीडितलाई न्याय दिन म आफैँ सक्रिय छुः प्रचण्ड

बैंकिङ खबर/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौं नेपालीलाई न्याय दिन आफैँ सक्रिय भइरहेको बताएका छन् । मंगलबार बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्लेसहितको टोलीको सुझावपत्र बुझ्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । भेटमा प्रधानमन्त्रीले भने, ‘यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु। […]


रवि लामिछानेसहित १८ जनाविरुद्ध सहकारी पीडितले बुझाए जाहेरी

बैंकिङ खबर/ सूर्यदर्शन सहकारीका पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित विभिन्न व्यक्ति र संस्थाविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । पीडितहरुले कास्की प्रहरीमा जाहेरी बुझाएका हुन् । उनीहरूको जाहेरी प्रहरीले बुझे पनि दर्ता भएको छैन । जाहेरीमा रविसहित पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, पूर्व अध्यक्ष ज्ञानबहादुर बमजन, नेत्रपाणि बास्तोला लगायत छन् […]


साहारा सहकारीविरुद्ध उजुरी दिन प्रहरीको आह्वान

बैंकिङ खबर/ चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ताहरूलाई उजुरी दिन आह्वान गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले आज एक सूचना सार्वजनिक गर्दै १५ दिन भित्र उजुरी दिन पीडितहरूलाई आह्वान गरेको हो। भरतपुर महानगरपालिका वडा नं.०३ लायन्सचोकमा केन्द्रीय कार्यालय रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको केन्द्रीय कार्यालयका पदाधिकारी, सेवा केन्द्र टाँडी र पर्सा […]


राष्ट्र बैंकले ठूला सहकारीको अनुगमन नगर्ने, विज्ञ उपलब्ध गराउने

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले ठूला सहकारी अनुगमन निरीक्षण र लेखा जाँच गर्न अस्वीकार गरेको छ । सहकारी विभागको सिफारिसमा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ९ ठूला कारोबार भएका सहकारी संस्था अनुगमन निरीक्षण तथा लेखा जाँचका लागि राष्ट्र बैंकलाई अनुरोध गरेको थियो । राष्ट्र बैंकले सहकारी संस्था अनुगमन निरीक्षण तथा लेखा जाँच गर्न अस्वीकार […]


सूर्यदर्शन सहकारीका अध्यक्ष बुढामगर र पूर्वअध्यक्ष राईविरुद्ध पनि डिफ्युजन नोटिस जारी

बैंकिङ खबर/ पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना अभियोग लागेका वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरुद्ध पनि इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । अब उनीहरु पनि विश्वभरका प्रहरीका फरार सूचीमा रहनेछन् । ग्यालेक्सी टेलिभिजनका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईविरुद्ध गत शुक्रबार डिफ्युजन नोटिस जारी गरेको सूचना आएको थियो । कास्की […]


बचतकर्ताद्वारा सुमेरु बचत तथा ऋण सहकारीका सञ्चालकहरुविरुद्ध उजुरी

बैंकिङ खबर/ ललितपुरमा कार्यालय राखेर बचत तथा ऋणको कारोबार गरिरहेको सुमेरु बचत तथा ऋण सहकारीका पूर्वसञ्चालक भरत महर्जनसहित सहकारीमा रहेका अहिलेका सञ्चालकहरुविरुद्ध उजुरी परेकाे छ । उनीहरुविरुद्ध जिल्ला प्रशासन कार्यालय ललितपुर र प्रहरी परिसर जावलाखेलमा तीन सय ५३ जना बचतकर्ताले उजुरी दिएका हुन् । उनीहरुले सहकारी सञ्चालकहरुले ठगी र बचत अपचलन गरेको आरोप लगाएका छन् […]


इमेज सहकारी अपचलन: ढोरपाटनका मेयरलाई पक्राउ गर्न ‘रेड कर्नर नोटिस’

बैंकिङ खबर/ बागलुङ र पोखराका इमेज सहकारीको रकम अपचलन गरी फरार भएका ढोरपाटन नगरपालिका मेयरसमेत रहेका देवकुमार नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी भएको छ। बचतकर्ताको डेढ अर्ब र विभिन्न बैंकहरुको ३५ करोड गरी करिब २ अर्ब रुपैयाँ हिनामिना गरी फरार रहेका नेपाली र श्रीमती छेलालाई पक्राउ गर्न नेपाल प्रहरीले संसारभरका प्रहरीहरुको अन्तरराष्ट्रिय प्रहरी सञ्जाल (इन्टरपोल)शुक्रबार […]