३९ अर्बले बढ्यो नगद प्रवाह

बैंकिङ खबर/ चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा बजारमा नगद प्रवाह ३९ अर्बले बढेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तमा बजारमा परिचालित कूल नगद प्रवाह ६ खर्ब २५ अर्ब ७८ करोड ७८ लाख ७२ हजार ५३० रुपैयाँ रहेको थियो । तर, फागुन मसान्तसम्म आइपुग्दा यस्तो नगद प्रवाह बढेर ६ खर्ब ६४ अर्ब ८७ करोड ८८ […]


एआईआईबीको टोलीसँग राष्ट्र बैंकको ‘ब्रिफिङ’ : ‘नेपालमा लगानीको वातावरण सहज छ’

बैंकिङ खबर/नेपाल भ्रमणमा रहेको एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंक (एआईआईबी) को टोली र नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरूबीच मंगलबार भेटवार्ता भएको छ। एआईआईबी सञ्चालक समितिका सदस्य आर.एम.पी. रथनायकेको नेतृत्वको उक्त टोलीले गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर बमबहादुर मिश्रसहित बैंकका अधिकारीहरूसँग भेटवार्ता गरेको हो। भेटका अवसरमा गभर्नर अधिकारीले नेपालको कुल गार्हस्थ्य उत्पादन, मुद्रास्फीति, विदेशी विनिमय सञ्चिति, बाह्य […]


एकैदिन रु.६ अर्बले बढ्यो निक्षेप, सीडी रेसियो कति ?

बैंकिङ खबर/  बैंकिङ प्रणालीमा एकैदिन ६ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बुधबारसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६१ खर्ब ८६ अर्ब रुपैयाँ रहेकोमा बिहीबारसम्म बढेर ६१ खर्ब ९२ अर्ब पुगेको हो। त्यस्तै बुधबारसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह ५० खर्ब ८१ अर्ब रुपैयाँ रहेकोमा बिहीबारसम्म घटेर ५० […]


अब बैंकको सञ्चालक बन्न पैसासँगै पढाई पनि अनिवार्य

बैंकिङ खबर/ बैंक बित्तिय संस्था सम्बन्धि ऐन (बाफिया) २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद प्रतिनिधिसभामा दर्ता भएको छ। दर्ता भएको विधेयकमा बैंकबाट लगानीकर्ता र व्यवसायी छुट्टाउनेदेखि संचालकको योग्यता र उमेर हदमा नयाँ व्यवस्था गरिएको छ। नेपालको बैंकिंङ कानूनलाई अन्तराष्ट्रिय अभ्यासअनुसार बनाउनलाई बैंक वित्तिय संस्थाको संचालन, संचालक, व्यवस्थापन लगायतका विषयमा केहि परिवर्तन गरेर बाफिया […]


सहुलियतपूर्ण कर्जामा २२ अर्ब ३९ करोड रुपैयाँ खर्च

बैंकिङ खबर/सरकारले सहुलियतपूर्ण कर्जाको लागि २२ अर्ब ३९ करोड रुपैयाँ खर्च गरेको छ। साउनदेखि माघ मसान्तसम्म प्रदान गरिएको सहुलियतपूर्ण कर्जाको लागि सरकारले उक्त अनुदान दिएको हो। सरकारले १० वटा क्षेत्रमा सहुलियतपूर्ण कर्जा दिँदै आएको छ। २ खर्ब १४ अर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह भएकोमा व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा १ खर्ब २९ अर्ब रुपैयाँ प्रवाह […]


सरकारले सोमबार २० अर्ब ७१ करोड आन्तरिक ऋण उठाउने

बैंकिङ खबर/सरकारले चैत १२ गते २० अर्ब ७१ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । राष्ट्र बैंकमार्फत सरकारले चार प्रकारको ट्रेजरीमार्फत कूल २० अर्ब ७१ करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको हो । बैंकको सूचना अनुसार २८ दिने ट्रेजरीका लागि ५ अर्ब (नयाँ ट्रेजरी) छुट्याइएको छ भने ९१ दिने ट्रेजरीका […]


नेपालका १० ठूला बैंकको लेखापरीक्षण गर्ने प्रक्रिया अघि बढाइयो

बैंकिङ खबर/अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोगमा गरिन लागिएको नेपालका १० ठूला वाणिज्य बैंकको बाह्य लेखा परीक्षणको प्रक्रिया अघि बढेको छ। राष्ट्र बैंकले यसको लागि अन्तर्राष्ट्रिय लेखा परीक्षकहरूबाट आवेदन माग गरेको छ। आगामी अप्रिल ७ गते १२ बजेसम्म आवेदन दिन सकिने राष्ट्र बैंकले उल्लेख गरेको छ। यस्ता लेखापरीक्षकको योग्यताको आधारमा ५० प्रतिशत, अनुभवलाई ४० प्रतिशत र क्षमतालाई […]


तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज फेरि रु. ५० अर्ब खिच्दै

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ । बिहीबार मात्र राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ तानेको थियो । चैतमा यो दोस्रोपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्न लागेको हो। राष्ट्र बैंकले यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने जनाएको छ। निक्षेप दिन […]


बैंकिङ प्रणालीबाट एकैपटक रु. ५० अर्ब तान्दै राष्ट्र बैंक

बैंकिङ खबर/अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज चैत ८ गते एकैपटक ५० अर्ब रुपैयाँ खिच्ने भएको छ। चैतमा यो पहिलोपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट पैसा तान्न लागेको हो। राष्ट्र बैंकले यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा […]


नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा १ अर्ब ९१ करोड १० लाख रुपैयाँ लगानी गर्दै

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा १ अर्ब ९१ करोड १० लाख रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आफ्नो विभिन्न कोषहरुमा रहेको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको जानकारी दिएको छ । राष्ट्र बैंकले २०८१ वैशाख २ गतेदेखि २०८२ वैशाख १ गतेसम्म मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो । […]