महालक्ष्मी लाइफको सीईओमा पुनः रमेशकुमार भट्टराई नियुक्त

बैंकिङ खबर/ महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः रमेशकुमार भट्टराई नियुक्त हुनुभएको छ । कम्पनी सञ्चालक समितिकोको बैठकले भट्टराईलाई सीईओमा निरन्तरता दिने निर्णय गरेको हो। सीईओमा भट्टराईको पुनर्नियुक्ति आउँदो पुस १७ गतेदेखि लागू हुनेछ। भट्टराईको कार्यकाल ४ वर्ष अवधिको हुनेछ।


समयमै वित्तीय विवरण पेश गर्न बीमा प्राधिकरणको ध्यानाकर्षण

बैंकिङ खबर/ नेपाल बीमा प्राधिकरणले समयमै वित्तीय विवरण पेश गर्न ध्यानाकर्षण गराएको छ । प्रचलित ऐन कानुनको हवाला दिँदै समयमै उक्त प्रक्रिया पुरा नगरे नियम कारवाही हुने भन्दै सचेत गराएको छ । “बीमा ऐन २०७९ को दफा ८७ बमोजिम बीमकले आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिना भित्र प्रचलित कानुन बमोजिम लेखा परीक्षण गराउनु पर्ने […]


मेटलाइफ नेपालको २१औं वार्षिकोत्सव: बीमा सचेतना कार्यक्रमकोे आयोजना

बैंकिङ खबर/ मेटलाइफ नेपालले ललितपुरमा आफ्नो २१औं वार्षिकोत्सवको अवसरमा बीमा सचेतना वाकाथनको आयोजना गरेको छ ।  शनिबार भएको यस ४.५ किलोमिटरको वाकाथनमा मेटलाइफका ३०० भन्दा बढी कर्मचारी र बीमा अभिकर्ताहरुले सहभागिता जनाएका थिए । यस कार्यक्रमको मुख्य उद्देश्य सुरक्षित भविष्यको विकासका लागि समाजमा बीमा सचेतना फैलाउनु थियो । मेटलाइफका सञ्चालन प्रमुख श्री देव किशोर लालले […]


नेशनल लाईफ इन्स्योरेन्सको ३४ औं वार्षिक साधारण सभा सम्पन्न

बैंकिङ खबर/ नेशनल लाईफ इन्स्योरेन्सको ३४ औं वार्षिक साधारण सभा आइतबार कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न भएको छ । सभामा अध्यक्षले विगतमा कोभिड १९ को महामारी सबैको लागि चिन्ताको विषय भए पनि हाल आएर कोभिड १९ विरुद्धको विस्तृत खोप एव घट्दो महामारीको प्रकोपको कारणले अर्थतन्त्र सुधारको अवस्थामा पुगी राष्ट्रिय अर्थतन्त्र सकारात्मक दिशा तर्फ गएको […]


नेशनल लाईफको १५.७८ प्रतिशत लाभांश पारित

बैंकिङ खबर/  नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको प्रस्तावित लाभांश पारित भएको छ । आइतबार सम्पन्न कम्पनीको ३४ औं वार्षिक साधारण सभाबाट प्रस्तावित १५७८९ प्रतिशत लाभांश पारित भएको हो । यससँगै सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश (करसमेत) पाउने भएका छन् ।  ४ अर्ब […]


धौलागिरी र खप्तड लघुवित्त बीच मर्ज हुँदै

बैंकिङ खबर/धौलागिरी र खप्तड लघुवित्त बीच मर्जरमा जाने सम्झौता भएको छ । दुई संस्थाबीच आइतबार मर्जर तथा एक्विजिसन सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा धौलागिरीको तर्फबाट अध्यक्ष इश्वरलाल राज भण्डारी र खप्तडको तर्फबाट अध्यक्ष सुमन प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार मर्जर पश्चात बन्ने कम्पनीको नाम धौलागिरी लघुवित्त नै रहने छ भने अध्यक्षमा […]


बीमा प्राधिकरणले भन्यो, ‘करकापमा बीमा नगर्नु’

बैंकिङ खबर/नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुलाई बीमितहरुलाई असहज हुने गरी दावी भुक्तानी नरोक्न निर्देशन दिएको छ । दावी भुक्तानीमा बीमितहरुलाई असहजता गराएको गुनासो आएकोमा प्राधिकरणले कम्पनीहरुलाई निर्देशन नमाने कारबाही गर्ने चेतावनी समेत दिएको छ। बीमितलाई असहज हुने गरी दाबी भुक्तानी भएको पाइएमा बीमा ऐन, २०७९ बमोजिम कारबाही गर्ने प्राधिकरणले बीमा कम्पनीहरुलाई चेतावनी दिएको छ […]


नेशनल लाइफको अभिकर्ता  भेला तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न

बैंकिङ खबर/ नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले कर्णाली प्रदेशको सुर्खेतमा अभिकर्ता भेला तथा पुनर्ताजगी  कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो भेलामा कम्पनीको सुर्खेत कार्यालयमा आबद्ध करिब १५० जना अभिकर्ताहरुको सहभागीता रहेको  थियो ।   प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसद खत्रीले  अभिकर्ता पेशालाई ब्यवसायिक बनाउँदै उहाँहरुको जिवनस्तरमा […]


हिमालयन रिको नायब प्रमुख कार्यकारी अधिकृतमा उपासना नियुक्त

बैंकिङ खबर/हिमालयन रि इन्स्योरेन्स कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल नियुक्त भएकी छन् । बीमा क्षेत्रकै पहिलो र एक मात्रै महिला सिइओको उपाधी पाएकी पौडेलले ७ अर्बको दोस्रो पुनर्बीमा कम्पनीको उच्च व्यवस्थापनमा रहेर काम गर्ने अवसर प्राप्त गरेकी छिन् । करिअरको छोटो समयमै नेपालको बीमा क्षेत्रमा स्थापित पौडेलको युनाइटेड इन्स्योरेन्स कम्पनीको सिइओ पछिको यो […]


नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

बैंकिङ खबर/ नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुरपश्चिम प्रदेशको अछाममा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको अछाम कार्यालयमा आबद्ध करिब १३५ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसद खत्रीले कम्पनीको विभिन्न शाखा कार्यलयहरुमा आबद्ध भै बीमा ब्यबसाय गर्दै […]