६५ प्रतिशत भौतिक प्रगतिपछि मात्रै हाइड्रोले आईपीओ अनुमति पाउने

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डले जलविद्युत कम्पनीलाई प्राथमिक सेयर (आईपीओ)निष्कासनको लागि कसिलो व्यवस्था गरेको छ। जलविद्युत कम्पनीले भौतिक पूर्वाधारको ६५ प्रतिशत प्रगतिपछि मात्रै आईपीओ अनुमति पाउने भएका हुन्। सोमबार बोर्डका पदाधिकारी तथा जलविद्युत उत्पादकहरुको प्रतिनिधि संस्था स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का पदाधिकारीबीच जलविद्युतको प्रारम्भिक निष्काशनलाई थप व्यवस्थित तथा पारदर्शी बनाउने सम्बन्धमा छलफल भएको […]


राष्ट्र बैंकले दशैंलाई प्रतिव्यक्ति १८ हजार नयाँ नोट सटही सुविधा दिने

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले यस वर्षको दसैं र तिहारका लागि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ । दसैं, तिहार र छठलाई लक्ष्य गरी घटस्थापनादेखि नयाँ नोट सटही सुविधा दिइने तयारी भएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ । अघिल्ला दुई वर्ष जस्तै यस वर्ष […]


दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात

बैंकिङ खबर/ चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामा मुलुकले रू दुई खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख बराबरको वस्तु आयात गर्दा निर्यात भने रू २६ अर्ब ४४ करोड ७० लाखमा खुम्चिएको छ । भन्सार विभागले सार्वजनिक गरेको भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार दुई महिनामा मुलुकले कुल रू दुई खर्ब ८६ अर्ब १९ करोडको वैदेशिक […]


भारतको विदेशी मुद्रा सञ्चिति चार महिना यताकै न्यून

बैंकिङ खबर/ भारतको विदेशी मुद्रा सञ्चिति चार महिना यताकै न्यून बिन्दुमा झरेको छ । सेप्टेम्बर १५ मा समाप्त भएको सातामा भारतको विदेशी विनिमय सञ्चिति ८६० मिलियन अमेरिकी डलरले घटेर ५९३.०३७ अर्ब डलर मा झरेको छ । सेप्टेम्बर ८ मा विदेशी मुद्रा ४ अर्ब ९९ करोड डलरले घटेर ५९३.९० अर्ब डलर पुगेको थियो । विदेशी मुद्रा […]


बैंक अफ इङल्यान्डद्वारा ब्याजदर ५.२५ प्रतिशत कायम

बैंकिङ खबर/बैंक अफ इङ्ल्यान्डले ब्याजदर ५.२५ प्रतिशत कायम गरेको छ। बैंकको निर्णयले १५ वर्षयताकै उच्च स्तरमा ऋण लिने लागत रोक्का गर्ने विश्वव्यापी मुद्रास्फिति दशकौंमा उच्च स्तरमा पुगेपछि लगातार १४ पटक ब्याजदर वृद्धि भएको थियो । सन् २०२१ को डिसेम्बरपछि पहिलो पटक ऋणको लागत नबढाउने निर्णय गभर्नर एन्ड्रयु बेलीसहित नौमध्ये पाँच नीति निर्माताले ब्याजदर स्थिर राख्ने […]


माछापुच्छ्रे बैंकका डेपुटी सीइओ विश्वम्भर न्यौपाने नेप्सको अध्यक्षमा नियुक्त

बैंकिङ खबर/ माछापुच्छ्रे बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को अध्यक्ष पदमा नियुक्त भएका छन् । न्यौपाने अध्यक्षमा नियुक्त हुनुअघि यसै संस्थामा माछापुच्छ्रे बैंकको तर्फबाट सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका थिए । नवनियुक्त अध्यक्ष न्यौपानेले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनासमक्ष पद तथा गोपनियताको सपथ […]


साइवर सुरक्षा विनियमावली संशोधनको तयारी

बैंकिङ खबर/ साइबर सुरक्षा विनियमावली, २०७७ संशोधन गरिने भएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले उक्त विनियमावली संशोधनको प्रक्रिया अघि बढाएको हो । प्राधिकरणकाअनुसार साइबर सुरक्षा मापदण्ड तथा आईसीटी पूर्वाधार र सूचना प्रणालीहरुलाई विभिन्न साइबर आक्रमण तथा जोखिमबाट बचाउन तथा सूचना र सञ्चार प्रविधिका सेवाहरु प्रयोग गर्नेतर्फ सेवाग्राहीको विशवसनियता कायम राख्न यो विनियमावली लागु गरिएको थियो […]


सुनको आयात कोटा दोब्बर बढाउने राष्ट्र बैंकको निर्णय

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले दैनिक आयात गरिने सुनको कोटा दोब्बर बनाएको छ । राष्ट्र बैंकको निर्णयसँगै अब वाणिज्य बैंकहरुले प्रतिदिन २० केजी सुन आयात गर्न पाउँछन् । यसअघि दैनिक १० केजी सुन आयात हुँदै आएको थियो । राष्ट्र बैंकले कोटा वृद्धिको निर्णय परिपत्र भने गरिसकेको छैन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुनको आयात […]


सेयर धितो कर्जाः १२ करोडको सीमा हटाउने तयारी

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमा हटाउने तयारी गरेको छ । मंगलबार बसेको वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको छलफलमा गभर्नर महाप्रसाद अधिकारीले १२ करोडको सीमा हटाउने बताएका थिए । सेयर लगानीकर्ताले व्यक्तिगत रुपमा १२ करोडको सीमा पर्याप्त रहे पनि सेयर बजारमा लगानी गर्ने उद्देश्यले आएका कम्पनीमा उक्त सीमा व्यावहारिक […]


घरजग्गा कारोबारमा सामान्य वृद्धि

बैंकिङ खबर/भदौमा घरजग्गा कारोबार बढेको छ । सरकार र राष्ट्र बैंकले घरजग्गाका लागि खुकुलो नीति ल्याएसँगै कारोबार सामान्य वृद्धि भएको हो। गत आर्थिक वर्ष ३४ हजार ७२३ लिखित पारित भएकोमा यस वर्ष ३५ हजार ६८६ लिखित पारित भएका छ। भदौमा कुल कारोबार–सेवा १ लाख २० हजार भएका छन्। अघिल्लो वर्ष १ लाख ८ हजार थियो। […]