आईपीओ निष्कासन गर्न दुई कम्पनीले पाए अनुमति

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डबाट दुई कम्पनीले आईपीओ निष्कासन गर्न अनुमति पाएका छन् । आदर्श लघुवित्त वित्तीय संस्था र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएका हुन् । आदर्श लघुवित्तले ६७ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ […]


एफपीओ निष्काशनको तयारीमा ६ लघुवित्त

बैंकिङ खबर/ ६ लघुवित्त कम्पनीहरु एफपीओ निष्काशनको तयारीमा रहेका छन् । किसान लघुवित्त, नयाँ सारथी लघुवित्त, मिर्मिरे लघुवित्त, युनिक नेपाल लघुवित्त, उन्नती सहकार्य लघुवित्त र समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएका हुन् । बोर्डका अनुसार किसान लघुवित्तले गत वर्ष असार २९ गते १२५ रुपैयाँका दरको १२ […]


बैंक अफ काठमाण्डूको ४ लाख ८१ हजार बढी कित्ता शेयर बिक्रीमा

बैंकिङ खबर/ नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको बैंक अफ काठमाण्डूको ४ लाख ८१ हजार १७४ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले दिएको निवेदनका आधारमा बैंकले बुधबार उक्त शेयर विक्रीका लागि ३५ दिने सूचना जारी गरेको हो । प्रतिकित्ता रू.१५० तोकिएको उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापहरूले मात्र तोकिएको […]


पुँजी बजारको विकास लागि उत्पादनशील क्षेत्रमा लगानीकर्ताको आकर्षण बढाइने

बैंकिङ खबर/ सरकारले पुँजी बजारको विकास तथा विस्तारका लागि लगानीकर्तालाई उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सम्बोधन गर्दै पुँजी बजारको विकास र विस्तारका लागि उत्पादनशील क्षेत्रमा लगानीकर्ताको आकर्षण वृद्धि र नियामक निकायको क्षमता अभिवृद्धि गरिने उल्लेख गर्नुभयो । […]


सेञ्चुरी बैंकको डिबेन्चर सर्वसाधारणलाई बाँडफाँट

बैंकिङ खबर/ सेञ्चुरी कमर्सियल बैंकको १० वर्षे अवधि तथा साढे १० प्रतिशत ब्याजदर भएको सेञ्चुरी डिबेन्चर २०८८ को सेयर बाँडफाँट भएको छ।  कम्पनीले अंकित मूल्य १ हजार रुपैयाँ प्रतिकित्ता दरले २२ हजार कित्ता डिबेन्चरमध्ये ६० प्रतिशत (१३ लाख २० हजार कित्ता) डिबेन्चर परिपत्र विधिबाट र ४० प्रतिशत (सामूहिक लगानी कोषलाई संरक्षित गरिएको ४४ हजार कित्ता […]


अपर हेवाखोला हाइड्रोपावरको आइपीओ बिक्री खुल्ला, प्रभु बैंकबाट पनि भर्न मिल्ने

बैंकिङ खबर/ अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले मंगलबारदेखि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ जारी गरेको हो । कम्पनीले ५ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । सो शेयरमा आयोजना प्रभावित क्षेत्र अर्थात संखुवासभा जिल्लाका बासिन्दाहरुले […]


रिभर फल्सको आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

बैंकिङ खबर/ रिभर फल्स पावर लिमिटेडकाे आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलकाे कार्यलयमा सोमबार साँझ ४ बजे शेयर बाँडफाँट भएको हो ।  बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कम्पनीको आईपीओमा १८ लाख ५९ हजार २४२ जना आवेदकबाट २ करोड १३ लाख ९४ हजार ६३० कित्ताको लागि आवेदन परेको छ […]


रिभर फल्सको आईपीओ बाँडफाँट हुँदै

बैंकिङ खबर/ रिभर फल्स पावर लिमिटेडको आईपीओ सोमबार(आज)बाँडफाँड हुने भएको छ । बैशाख २८ गतेदेखि जेठ ४ गतेसम्म निष्काशन गरेको आईपीओ सोमबार बाँडफाँट गर्न लागिएको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार साँझ ४ बजे, प्रभु क्यापिटलको कार्यलयमा बाँडफाँट हुनेछ । कम्पनीको आईपीओमा पछिल्लो तथ्यांक अनुसार १८ लाख ३८ हजार ४३१ […]


शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

बैंकिङ खबर/ शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले विभिन्न संस्था तथा व्यक्तिको नाममा भएको संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले एशियन डिष्ट्रिब्यूटर्स प्रा.लि., ग्लोबल टे्रडिङ्ग कन्सर्न प्रा.लि. र सुधन भट्राइको नाममा रहेको १ लाख ८० हजार ८६६ कित्ता सेयर बिक्री गर्न लागेको हो ।  जसमा एशियन डिष्ट्रिब्यूटर्सको ५३ हजार ५४ कित्ता, ग्लोबल ट्रेडिङ्ग कन्सर्नको २२ […]


बजेटले सेयर बजारमा नयाँ तरंग ल्याओस्ः विनोद चौधरी

बैंकिङ खबर/ नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्षको बजेटले सेयर बजारमा नयाँ तरंग ल्याउनुपर्ने बताउनुभएको छ । सर्वसाधारणको करोडौं रकम फसेको भन्दै आगामी बजेटले सेयर लगानीकर्तामा नयाँ आयाम ल्याउनुपर्ने बताउनुभयो । “बजेटले सेयर बजारमा नयाँ तरंग ल्याओस् । पूँजी बजारमा धेरै नेपालीको लगानी डुबेको छ । एक तिहाई पूँजी पलायन […]