अर्थतन्त्र थप चलायमान बनाउन सरकारले निजी क्षेत्रसँग सुझाव लिने

बैंकिङ खबर/ मुलुकको समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउनका थप के गर्न सकिन्छ भन्ने विषयमा सरकारले निजी क्षेत्रसँग सुझाव, सल्लाह लिने भएको छ । अर्थतन्त्रको अहिलेको अवस्था र अबको दिशाबारे जानकारी लिन आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थसहित विभिन्न मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकलगायत निकायसँग छलफल गरेका थिए ।  यही विषयमा मङ्गलबार प्रधानमन्त्री […]


अर्थतन्त्रका सूचक सकारात्मक छन्ः अर्थमन्त्री

बैंकिङ खबर/अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा धेरै विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने दाबी गरेका छन् । सोमवार काँग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेपालमा लगानी बिस्तरै बढ्दै गइरहेको बताए । उनले नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी विदेशी पर्यटक भित्रिने दाबी गरे । विदेशी पर्यटकहरुको कारण अर्थतन्त्र चलायमान बन्ने र आर्थिक गतिविधिहरु बिस्तारै […]


प्रधानमन्त्रीले राष्ट्र बैंकका गभर्नरसहित मन्त्रीहरुसँग अर्थतन्त्रको पछिल्लो अवस्थाबारे छलफल गर्दै

बैंकिङ खबर/प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रको पछिल्लो अवस्थाका विषयमा उच्चपदस्त अधिकारीहरुसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालले अर्थतन्त्रको पछिल्लो अवस्थाका विषयमा अर्थमन्त्री, गृहमन्त्री, भौतिक पूर्वाधारमन्त्री, शहरी विकास मन्त्री, उद्योग मन्त्रीसहित राष्ट्र बैंकका गभर्नर, मुख्य सचिव, अर्थ सचिव लगायतका अधिकारीसँग छलफल गर्ने तयारी गरेका छन् । अर्थतन्त्रको वर्तमान अवस्था र सरकारले लिनु पर्ने […]


आरक्षणमा किनेको धितोपत्र ६ महिना बिक्री निषेध

बैंकिङ खबर/सामूहिक लगानी कोषले आरक्षणअन्तर्गत किनेको धितोपत्र कम्तीमा ६ महिना बिक्री गर्न नपाउने भएको छ । नेपाल धितोपत्र बोर्ड सञ्चालक समिति बैठकले हालै यस्तो निर्णय गरेको हो । सामूहिक लगानी कोष नियमावली ०६७ को दफा ४६ मा संगठित संस्थाले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्दा सामूहिक लगानी कोषलाई कुल धितोपत्रको कम्तीमा पाँच प्रतिशत छुट्याउनुपर्ने व्यवस्था छ । ‘सार्वजनिक रूपमा […]


कुमारी बैंकको सीईओमा रामचन्द्र खनाल नियुक्त

बैंकिङ खबर/कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामचन्द्र खनाल नियुक्त भएका छन् । यसअघि बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)को रूपमा कार्यरत उनी बैंकको सीईओमा नियुक्त भएका हुन् । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले खनाललाई ४ वर्षको लागि सीईओमा नियुक्त गरेको हो । बैंकका सीईओ रमेशराज अर्यालले दिएको राजीनामा स्वीकृत गर्दै सञ्चालक समितिले उनलाई […]


घट्यो घरजग्गा कारोबार

बैंकिङ खबर/कात्तिकमा घरजग्गाको कारोबार घटेको छ । गत आर्थिक वर्षमा असोजमा चाडपर्व परेकोले कारोबार घटेकोमा चालु आर्थिक वर्षमा भने कात्तिकमा कारोबार घटेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाउँछ । कात्तिकमा जग्गाको कारोबार घटेसँगै राजस्व पनि घटेको हो । असोजमा २६ हजार ४६ वटा लिखत पारित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । […]


नेपालको पहिलो बैंक नेपाल बैंक ८७ औं वर्षमा प्रवेश

बैंकिङ खबर/नेपाल बैंक लिमिटेडले आफ्नोे ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पुरा गरी ८७ औं वर्षमा प्रवेश गरेको छ । यसै अवसरमा बैंकको प्रधान कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा १५० जना रक्तदाताले भाग लिएका थिए । नेपालको पहिलो बैंकलाई आधुनिक, सफल र नेतृत्वदायि बैंकको रुपमा यस अवस्थासम्म पुर्याउन साथ, सहयोग, समन्वय गर्ने सम्पूर्ण महानुभावहरुमा बैंकले हार्दिक कृतज्ञता […]


विकास बैंकहरुको ब्याजदर घट्यो

बैंकिङ खबर/आठ वटा विकास बैंकहरुले मंसिर महिनाका लागि औसतमाब्याजदर घटाएका छन् । राष्ट्रियस्तरका ती बैंकहरुले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार दुई वटा बैंक बाहेक सबै विकास बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर कात्तिकको तुलनामा घटेको छ । जसअनुसार पाँच ओटा विकास बैंकहरुले मंसिर महिनाका लागि मुद्दति निक्षेपमा ९.४० प्रतिशत ब्याजदर दिने घोषणा गरेका छन् । ती […]


राष्ट्र बैंकका डेपुटी गभर्नरहरुको जिम्मेवारी हेरफेर

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डेपुटी गभर्नरहरुको जिम्मेवारी हेरफेर गरेका छन् । गत कात्तिक २० गतेबाट लागु हुने गरी गभर्नर अधिकारीले डेपुटी गभर्नरहरुको जिम्मेवारी हेरफेर गरेका हुन् । विगतमा डेपुटी गर्भनर निलम ढुंगाना तिमिल्सिनाको मातहतमा रहेको आर्थिक अनुसन्धान विभागलाई आफ्नो मातहतमा ल्याउँदै गभर्नर अधिकारीले डेपुटी गभर्नरहरुको पनि जिम्मेवारी हेरफेर गरेका हुन् । […]


तीन महिनामा ३ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रियो

बैंकिङ खबर/चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३ खर्ब ६५ अर्ब रुपैयाँ बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार जारी गरेको पहिलो त्रैमासको वित्तीय रिपोर्ट अनुसार पहिलो तीन महिनामा विप्रेषण आप्रवाह ३०.० प्रतिशतले वृद्धि भई खर्ब ६५ अर्ब ३४ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेको थियो […]