आइएमई पेले फेरि ल्यायो मोबाइल रिचार्जमा ५% क्यासब्याक

बैंकिङ खबर/आइएमई पेले मोबाइल रिचार्जमा ५ प्रतिशतसम्मको क्यासब्याक अफर पुनः सुचारु गरेको छ। यसभन्दा अघि ल्याइएको उक्त अफर ग्राहकको उच्च मागमा पुस ३० गतेबाट पुनः सुरु गरिएको हो। यस अफरमार्फत प्रयोगकर्ताले आइएमई पे एप दर्ता गरेको मोबाइल नम्बरमा मोबाइल ब्यालेन्स रिचार्ज गर्दा ५ प्रतिशत क्यासब्याक र अन्य कुनै मोबाइल नम्बरमा मोबाइल ब्यालेन्स रिचार्ज गर्दा २ […]


नेपाल लाइफको डिजिटल धमाका अभियान सार्वजनिक

बैंकिङ खबर/ नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डिजिटल धमाका अभियान संचालनमा ल्याएको छ। कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक कार्यक्रमका बीच यो अभियानको शुभारम्भ कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले गरेका हुन्। सूचना प्रविधिमा आएको आमूल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउँदै गर्दा सूचना प्रविधिको विकासक्रमसँग आफ्ना ग्राहक […]


कुमारी बैंक र स्पार्क हेल्थ होमबीच सम्झौता

बैंकिङ खबर/आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र स्पार्क हेल्थ होम प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । सो सम्झौता पत्रमा कुमारी बैंकका डिजिटल मार्केटिंग प्रमुख अर्पण पौडेल तथा स्पार्क हेल्थ होम प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक हरी शरण रिजालले हस्ताक्षर गर्नुभयो । यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले स्पार्क […]


शोक बिदाः बैंक, वित्तहरु भने खुल्ला रहने

बैंकिङ खबर/पोखरामा आइतबार भएको यती एयरको विमान दुर्घटनाको शोकमा सरकारले सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्री परिषद्को बैठकपछि गृह मन्त्रालयले जारी गरेको सूचनामा अत्यावश्यक सेवा बाहेक नेपाल राज्यभर सोमबार सार्वजनिक बिदा हुने उल्लेख छ । तर बैंक तथा बीमा कम्पनीका कार्यालयहरु भने खुला रहने छन् । नेपाल सरकारले राजपत्रमा २०७६ साल असोज […]


फस्र्ट माइक्रो फाइनान्स: १९ प्रतिशत वोनस शेयर र १ प्रतिशत नगद लाभांश वितरण गर्ने

बैंकिङ खबर/ फस्र्ट माइक्रोफाईनान्स लघुवित्त वित्तीय संस्थाको तेह्रौं साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिकातर्फबाट अध्यक्ष सुरेन्द्र राज रेग्मीले प्रस्तुत गर्नु भएको सञ्चालक समितिको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । त्यसैगरी नेपाल वित्तीय प्रतिवेदनमान (NFRS) बमोजिम तयार गरिएको वार्षिक वित्तीय विवरण सहितको लेखापरीक्षण प्रतिवेदन समेत पारित गरेको छ । उक्त सभाले आ.व […]


घट्यो बैंक ब्याजदर, कुनको कति ?

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर घटाएका छन् । अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले माघका लागि निक्षेपको ब्याजदर घटाएका हुन् । नेपाल राष्ट बैंकले पुराना कर्जाको ब्याजदर गणनामा त्रैमासिक रुपमा आधारदरको गणनाको व्यवस्था गरेकोले त्यस्ता कर्जाको ब्याजदर भने यथावत रहेको छ । कुमारी बैंकले प्रकाशित गरेको नयाँ ब्याजदरअनुसार ३ महिना वा सोभन्दा बढी […]


बैंकको ६३ औं वार्षिक साधारण सभा १२ प्रतिशत लाभांश पारित गर्दै सम्पन्न

बैंकिङ खबर/नेपाल बैंक लिमिटेडको ६३ औं वार्षिक साधारण सभा बैंकको आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ असार मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७८/७९ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गर्दै सम्पन्न भएको छ । , प्रधान कार्यालय, धर्मपथ, […]


महालक्ष्मी विकास बैंकको एजीएमबाट १०.४७%को लाभांश पारित

बैंकिङ खबर/ महालक्ष्मी विकास बैंक लिमिटेडकोे २१ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८–७० का लागि प्रस्तावित लाभांश अनुमोदन भएको छ। काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा वाषिृक साधारणसभा सम्पन्न भएको हो। सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएको छ। बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ आषाढ मसान्तको […]


एन आई सी एशिया बैंकको २५ औं वार्षिक साधारण सभा सम्पन्न

बैंकिङ खबर/ एन आई सी एशिया बैंक लिमिटेडको २५ औं वार्षिक साधारण सभा आज मिति २०७९/०९/२९ गते शुक्रबारका दिन काठमाडौंको तिलगंगा स्थित होटल आनन्द प्रा.लि. (आरोग्य हल) मा सम्पन्न भएको छ । बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८÷७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह […]


मेगा क्यापिटलले ल्यायो ‘मेगा इन्स्योर्ड पोर्टफोलियो’ सेवा

बैंकिङ खबर/ मेगा क्यापिटल मार्केट्स लिमिटेडले लगानी व्यवस्थापन सेवाअन्तर्गत ग्राहकलाई उचित प्रतिफलका साथै दुर्घटना तथा स्वास्थ्यमा परि आउन सक्ने जोखिम खर्चलाई सहजता प्रदान गर्ने बीमा आबद्घ गरी नयाँ ‘मेगा इन्स्योर्ड पोर्टफोलियो’सेवा सञ्चालनमा ल्याएको छ। यस नयाँ सेवाले ग्राहकलाई दुर्घटना तथा स्वास्थ्य अनुकूल नहुनाले अस्पताल भर्नाको आकस्मिक खर्चबाट सुरक्षा प्रदान गर्नुका साथै शेयर बजारमा हुने लागानीको […]