भूकम्प पीडितलाई सीबीफीनको १० लाख सहयोग

बैंकिङ खबर/बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)ले भूकम्प पीडितको खोेज, उद्धार तथा घाइतेको उपचारका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै सीबीफीनले जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायमार्फत तत्कालका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने जानकारी गराएको हो। ‘भूकम्पको भयावह अवस्थाबाट गुज्रिरहेका सम्बन्धित क्षेत्रका […]


आइएमई ग्रुपले भूकम्प प्रभावितलाई १ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने

बैंकिङ खबर/आइएमई ग्रुपले भूकम्प प्रभावितलाई १ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । ग्लोबल आइएमई बैंक लिमिटेड, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स लिमिटेड र आइएमई लिमिटेड लगायत आइएमई ग्रुपद्वारा प्रवर्द्धित कम्पनीहरू तथा आइएमई फाउन्डेसन मार्फत जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट प्रभावितहरूको लागि १ करोड ५० लाख रुपैयाँ नगद सहयोग […]


अन्तर बैंक फुटसल प्रतियोगितामा एनआईसी एशिया बैंक प्रथम

बैंकिङ खबर/नेपाल राष्ट्र बैंक कर्मचारी संघ धनगढी समितिले आयोजना गरेको अन्तर बैंक फुटसल प्रतियोगितामा समापन गरिएको छ । यही कात्तिक १७ र १८ गते धनगढीमा भएको उक्त प्रतियोगितामा विभिन्न बैंकका २० वटा टिमको सहभागिता रहेको थियो। प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा रहेको एनआईसी एशिया बैंकको टिम नै प्रथम भएको हो । हिमालयन बैंकलाई ४÷२ को अन्तरले […]


एनआईसी एशिया बैंकले जाजरकोट भूकम्पबाट प्रभावितका लागि ५१ लाख रुपैयाँ सहयोग दिने

बैंकिङ खबर/ एनआई सी एशिया बैंकले जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा राहत सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा ५१ लाख सहयोग दिने घोषणा गरेको छ । कम्पनीले जाजरकोट भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा उक्त नगद सहयोग रकम प्रदान गर्ने घोषणा […]


राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति अध्यक्षमा बाबुराम सुवेदीले शपथ

बैंकिङ खबर/ राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिको अध्यक्षमा बाबुराम सुवेदी नियुक्त भएका छन्। नवनियुक्त अध्यक्ष सुवेदीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ बमोजिम शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्। यसअघि बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले बाबुराम सुवेदीलाई अध्यक्षमा […]


कामना सेवा फुटसल कप सिजन ३ सहित विभिन्न कार्यक्रम सम्पन्न

बैंकिङ खबर/कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६ औं वर्ष पूरा गरी १७ औं वर्षमा प्रवेश गर्ने शुभ अवसरमा आयोजित विभिन्न कार्यक्रमहरु शनिबार सम्पन्न गरेको छ । सो अन्तर्गत कामना सेवा फुटसल कप सिजन ३ सम्पन्न भएको छ । पुरुष तर्फको खेलको फाइनल खेलमा गरिमा विकास बैंकले माछापुच्छ्रे बैंकलाई २–१ ले हराउदै उपाधी जितेको छ […]


भूकम्प प्रभावितलाई सिटिजन्स बैंकको २५ लाख रूपैयाँ सहयोगको घोषणा

बैंकिङ खबर/ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जाजरकोट भूकम्प पीडितको सहायताका लागि २५ लाख रूपैयाँ आर्थिक सहयोग घोषणा गरेको छ । भूकम्प प्रभावितहरूको उद्धार र उपचारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २५ लाख रूपैयाँ आर्थिक सहयोग जम्मा गर्ने निर्णय भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैंकले भूकम्पबाट ज्यान गुमाएका परिवारप्रति समवेदना […]


कृषि विकास बैंकको निष्कृय कर्जा बढ्यो, यस्तो छ अन्य सूचकांक

बैंकिङ खबर/कृषि विकास बैंकको निष्कृय कर्जा ५ प्रतिशतको सीमा नाघेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कुल कर्जामा बैंकको निष्कृय कर्जा ५.३३ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई निष्क्रिय कर्जाको अधिकतम सीमा ५ प्रतिशत तोकिदिएको छ । समयमै बैंकले ऋणीबाट कर्जाको साँवा तथा ब्याज रकम उठाउन […]


नबिल बैंकको ‘ढुक्क घर कर्जा’ योजना: ग्राहक भन्छन्, ‘हामी ढुक्क छौं’

बैंकिङ खबर/ काठमाडौं कमलपोखरी नजिँकै बस्दै आएकी सायरा बानुका दम्पत्ती घर बनाउन कर्जा नपाएर हैरान थिए । घर कसरी बनाउने होला ? भन्ने चिन्तामा रहेका सायराका श्रीमान र उनी होम लोनकै लागि धेरै बैंकहरुमा भौँतारिए, तर उनीहरुले भनेजस्तो कर्जा कहि पाउन सकेनन् । त्यसपछि सायराले इन्टरनेटको माध्यमबाट हरेक बैंकहरुको वेभसाइटमा सर्च गर्न थालिन् । होम […]


प्रभु बैंकको नाफा ४६.७० प्रतिशतले बढ्यो

बैंकिङ खबर/चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रभु बैंकको नाफा ४६.७० प्रतिशतले बढेर १ अर्ब ३ करोड ४२ लाख १४ हजार रुपैयाँ पुगेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ७० करोड ५० लाख रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा सुधार देखिएको छ । बैंकको खुद ब्याज आम्दानी […]