२०७५ सालमा शनिबारबाहेक २३ दिन बैंक विदा (सूचिसहित)

बैंकिङ खबर । नेपाल राष्ट्र बैंक अन्तर्गत जनशक्ति व्यवस्थापन विभागले वि.सं. २०७५ सालको बैंक विदाको सूचि  सार्वजनिक गरेको छ । जसअनुसार, वर्षभरीमा बैंकका कर्मचारीहरुले शनिबारबाहेक २३ दिन विदा पाउने भएका छन् ।


पोखरामा वाणिज्य बैंकलाई उछिन्दै विकास बैंकहरु

रुपा कोइराला/बैंकिङ खबर । नेपालका ठूला सहरहरुमध्येको एक पोखरा लेखनाथ महानगरपालिकामा वाणिज्य बैंकभन्दा विकास बैंकको उपस्थिती बाक्लो पाइएको छ । २८ वटै वाणिज्य बैंकको केन्द्रीय कार्यालय राजधानीमा रहेको अवस्थामा केही विकास बैंकले पोखरामा नै केन्द्रीय कार्यालय राखेर सेवा दिइरहेका छन् । यहाँका ग्रामीण भेगहरुमा प्रायः विकास बैंककै सेवा पुगिरहेको छ ।  विकास बैंकका शाखा पोखरा […]


बैंकहरु नै दिन चाहाँदैनन् ‘भुकम्पपीडित कर्जा’, लक्षित वर्गसम्म अझै पुगेन 

बैंकिङ खबर । भुकम्पबाट घर गुमाएका घरपरिवारलाई नयाँ घर निर्माणका लागि सरकारले २ प्रतिशतमा ऋण दिने निर्णय बैंकहरुले नै दिन इच्छा नगर्दा प्रभावकारी हुन सकेको छैन । कम ब्याज आउने भएकाले बैंक तथा वित्तीय संस्थाहरु नै यस्तो कर्जा दिन इच्छा गर्दैनन् । बैंक तथा वित्तीय संस्थाहरुले नै यस्तो कर्जा दिन चासो नदेखाएका कारण लक्षित वर्गसम्म […]


‘वित्तीय चेतनाका लागि बैंकिङ एक्स्पो महत्वपूर्ण’

बैंकिङ खबर विशेष ब्यूरो । नेपाल राष्ट्र बैंकको वित्तीय साक्षरता बढाउने उद्देश्य स्वरुप सञ्चालन भइरहेको वित्तीय जागरण राष्ट्रिय अभियान अन्तर्गत आइतबार प्रदेश नम्बर ४ को पोखरामा बैंकिङ–बीमा एक्स्पो आयोजना गरिदैछ । लुम्विनीको रुद्रपुरबाट अघिल्लो वर्ष शुरु भएको यो अभियान प्रदेश नम्बर ७ को अत्तरिया, प्रदेश नम्बर ५को म्याग्दी, दरबाङ, प्रदेश नम्बर ३ को धादिङ तथा […]


बैंकहरुले रोजे घुमाउरो बाटो, निक्षेपको ब्याजदर १२.३६ प्रतिशत !

बैंकिङ खबर विशेष ब्यूरो । ब्याजदरको विषयमा केहि दिन अघिमात्रै बैंकिङ क्षेत्रमा ठूलो विवाद आइपर्यो । मुलुकमा सञ्चालित कमर्शीयल बैंकहरुको छाता संगठनका रुपमा रहेको बैंकर एशोसिएसनको बैठकमा ब्याजदरका विषयमा भद्र सहमति भयो । बचतमा बढीमा ८ र मुद्धतिमा बढीमा ११ प्रतिशत मात्रै ब्याजदर लिने गरी भएको भद्र सहमति विपरित एनआईसी एशिया बैंकले ब्याजदर बढाएको भन्दै […]


चैत ११ र १२ गते पोखरामा ‘बैंकिङ–बीमा एक्स्पो’ हुँदै

बैंकिङ खबर । यहि चैत्र ११ गतेदेखि पोखरामा हुने बैंकिङ एक्स्पोको तयारी पुरा भएको छ । नेपाल राष्ट्र बैंकको प्रवद्र्धन एवं मिडिया इन्टरनेसनलको आयोजनामा आईतबारदेखि २ दिनसम्म चल्ने बैंकिङ एक्स्पोको सम्पूर्ण तयारी पुरा भएको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल राष्ट्र बैंक, पोखरा शाखाका का.मु. निर्देशक तिलबहादुर […]


आकर्षण नै छैन बैदेशिक रोजगार बचतपत्रमा : खरिदकर्ता नै अनविज्ञ

बैंकिङ खबर । सरकारले विगत ८ वर्षदेखि नियमित रूपमा वैदेशिक रोजगार बचतपत्र जारी गर्दै आएपनि प्रभावकारी रुपमा विक्री हुन सकेको छैन । नेपाल राष्ट्र बैंकले प्रत्येक वर्ष वैदेशिक बचतपत्र निश्कासन गर्दै आएको छ, तर यसको विक्री भने निकै कम मात्रै भएको छ ।  प्रसस्त प्रचारप्रसारमा सरकारले ध्यान नपुर्याउँदा सोचे जति विक्री हुन नसकेको राष्ट्र बैंकको […]


बैंकिङ एक्स्पोको आवश्यकता र महत्व

रुपा कोइराला । बैंकिङ पहुँच विस्तारमा सरकारलाई सहयोग गर्ने उद्देश्यले मिडिया इन्टरनेशनलले सुरु गरेको 'वित्तीय जागरण : राष्ट्रिय अभियान' अन्तर्गत मुलुकका विभिन्न स्थानहरुमा बैंकिङ एक्स्पो कार्यक्रम संचालन गरिँदै आइएको छ । नेपालमा वित्तीय पहुँच विस्तारका साथसाथै वित्तीय साक्षरताको पनि आवश्यकता महशूस गरिएको छ । अझै पनि नेपालको अधिकांश जनसंख्या बैंकप्रति नकारात्मक भावना लिएर बसेको छ । […]


तुहियो ‘शैक्षिक प्रमाणपत्र धितो कर्जा’ 

बैंकिङ खबर । सरकारले उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि ल्याएको शैक्षिक कर्जा प्रभावहिन भएको छ । बैंक तथा वित्तिय संस्थालाई धितोको रुपमा विद्यार्थीका लागि शैशिक प्रमाण्पत्र राख्नुपर्ने र त्यसबाट बैंकको कर्जा उसुलउपर नहुने भएपछि यो कर्जा स्कीम प्रभावहिन भएको हो । साथै उचित कार्यविधि तथा धितोको व्यवस्था नभएका कारण पनि यस्तो कर्जा प्रभावहिन […]


देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (माघसम्मको तथ्यांक) 

बैंकिङ खबर । नेपाल राष्ट्र बैंक अनुसन्धान विभागले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गरेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७४/७५ को सात महिनाको तथ्याङ्कमा आधारित रहेर उक्त विवरण सार्वजनिक गरेको छ । राष्ट्र बैंकले जारी गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थिती जस्ताको तस्तै यहाँ प्रस्तुत गरिन्छः  आर्थिक परिदृश्य  १. आर्थिक वर्ष […]