निजी क्षेत्रमा जाने कर्जा ४.१ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब ९७ अर्ब २१ करोड (४.१ प्रतिशत) ले बढेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार गत माघ महिनासम्म १ खर्ब ४८ अर्ब १२ करोड (३.२ प्रतिशत) ले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०८० माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.७ प्रतिशतले […]


चलायमान बन्दै अर्थतन्त्र, यस्ता छन् सात महिनाका सूचक

बैंकिङ खबर/ चालू आर्थिक वर्षको ७ महिनाको आर्थिक सूचकसहितको प्रतिवेदन नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको छ। यसअनुसार विभिन्न सूचक र तथ्याङ्कले अब अर्थतन्त्र चलायमान बन्ने देखिएको हो। नेपालको बाह्य क्षेत्रको अवस्था गत वर्षदेखि नै सबल छ। बाह्य क्षेत्र चालू आर्थिक वर्षको ७ महिनामा झन् मजबुत बन्दै गएको हो। नेपाल भित्रिने र बाहिरिने रकमको अन्तर (भुक्तानी […]


चालु खाता रु. १.६१ खर्बले बचतमा, यस्ताे छ शोधनान्तर स्थिति

बैंकिङ खबर/मुलुकको चालु खाता १ खर्ब ६१ अर्ब रुपैयाँले बचतमा रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष ७ महिना माघसम्मको तथ्यांकले यस्तो देखाएको हो। समीक्षा अवधिमा चालु खाता रु.१ खर्ब ६१ अर्ब ६९ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.४० अर्ब १६ करोडले घाटामा थियो। अमेरिकी […]


अर्थमन्त्रीले बोलाए गभर्नरलाईः नीतिगत विषयमा छलफल हुने

  बैंकिङ खबर/नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले गभर्नर महाप्रसाद अधिकारीलाई छलफलका लागि बोलाएका छन् । अर्थ मन्त्रालयका अनुसार अर्थमन्त्री पुनले गभर्नर अधिकारीलाई आज दिउँसो छलफलका लागि डाकेका हुन्। अर्थतन्त्रको पछिल्लो अवस्था, राष्ट्र बैंकका नीतिगत व्यवस्था र पुँजी बजारमा हाल देखिएका समस्याहरु विषयमा छलफल हुन हुने जनाइएको छ ।


केन्द्रीय बैंकले रु.आठ अर्बको विकास ऋणपत्र बिक्री गर्दै

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले आठ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८ झ’ बोलकबोल प्रक्रियाबाट बिक्री गर्ने भएको छ । कूल रु आठ अर्ब बराबरको उक्त ऋणपत्र धितो राखी कर्जा लिन वा दिन समेत पाइनेछ । ब्याजदर समेत बोलकबोल प्रक्रियाबाटै निर्धारण हुने केन्द्रीय बैंकले सूचनामार्फत जानकारी गराएको छ । बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा […]


निक्षेप स्थिर, कर्जा घट्यो, सीडी रेसियो कति ?

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप स्थिर मंगलबार रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार सोमबारसम्म ६१ खर्ब ७३ अर्ब रहेको निक्षेप मंगलबार कुनै परिवर्तन भएन । त्यस्तै सोमबारसम्म कर्जा प्रवाह ५० खर्ब ९० अर्ब रुपैयाँ रहेकोमा मंगलबार ५० खर्ब ८९ अर्ब पुगेको हो। एकैदिनमा कर्जा प्रवाह १ अर्ब रुपैयाँले घटेको छ । मंगलबारसम्म […]


बैंकको ऋण तिर्दिन भन्नेलाई सरकारले नियन्त्रणमा लिन्छः अर्थमन्त्री पुन

बैंकिङ खबर/ नवनियुक्त अर्थमन्त्री वर्षमान पुन (अनन्त)ले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने अभियान सञ्चालन गर्ने प्रवृत्तिलाई सरकारले छुट नदिने चेतावनी दिएका छन् । बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्न गएको टोलीसँग बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा कुरा गर्दै मन्त्री पुनले जनताको निक्षेपबाट लिइएको बैंकको ऋण तिर्दिन भन्ने र तिर्नु हुन्न भन्ने प्रवृत्तिलाई सरकारले कडाइका […]


राष्ट्र बैंकले ८ अर्बको विकास ऋणपत्र जारी गर्दै, न्यूनतम लगानी ५० हजार

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले ८ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । ८ वर्ष अवधिको विकास ऋणपत्रमा नेपाली नागरिक, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी तथा अन्य संघसंस्थाले लगानीका लागि आवेदन दिन सक्नेछन् । बोलकबोल माध्यमबाट यसको ब्याजदर निर्धारण हुन्छ । न्यूनतम ५० हजार रुपैयाँ र ५० हजारले भाग जाने अंकमा […]


बैंकिङ प्रणालीबाट एकैपटक रु. ५० अर्ब तान्दै राष्ट्र बैंक

बैंकिङ खबर/ अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले फागुन २४ गते एकैपटक ५० अर्ब रुपैयाँ खिच्ने भएको छ। फागुनमा यो पहिलोपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट पैसा तान्न लागेको हो। राष्ट्र बैंकले यसका लागि बिहीबार दिउँसो ३ बजे बोलकबोल हुने जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा […]


बैंकहरुबाट एकैदिन रु. १६ अर्ब कर्जा प्रवाह, अन्तरबैंक ब्याजदर ३% तल

बैंकिङ खबर/ बैंकहरुबाट एकैदिन १६ अर्ब रुपैयाँ कर्जा भएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार फागुन २० गते बैंकहरुबाट १६ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको हो। फागुन २० सम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५० खर्ब ८८ अर्ब रुपैयाँ रहेको छ। यो अघिल्लो दिनको तुलनामा १६ अर्ब रुपैयाँले बढेको छ। अघिल्लो दिन फागुन […]