कुनै एक सूचक सामान्य कमजोर हुँदैमा बैंक नै सकियो भन्न मिल्दैनः डेपुटी गभर्नर मिश्र

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकको कुनै एक सूचक सामान्य कमजोर हुँदैमा कुनैपनि बैंक सकिने कुरा गर्न नमिल्ने बताएका छन् । बनेपामा आयोजित एक कार्यक्रममा उनले कुनै पनि बैंकको एउटा कमजोर सूचक औंल्याएर संस्था नै सकिएको भन्न नमिल्ने बताए । ‘बैंक तथा वित्तीय संस्था विश्वासको आधारमा चल्छन् । त्यसैले यो क्षेत्रलाई संवेदशील […]


अन्तरबैंक ब्याजदर ३ प्रतिशत तल

बैंकिङ खबर/बैंकिङ प्रणालीमा एकैदिन १ अर्ब रुपैयाँले निक्षेप घटेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंगलबारसम्म ६१ खर्ब ६३ अर्ब रुपैयाँ रहेको निक्षेप बुधबारसम्म घटेर ६१ खर्ब ६२ अर्ब रुपैयाँमा झरेको छ। त्यस्तै मंगलबारसम्म कर्जा प्रवाह ५० खर्ब ८९ अर्ब रुपैयाँ रहेकोमा बुधबारसम्म घटेर ५० खर्ब ८८ अर्ब रुपैयाँमा ओर्लेको छ। एकैदिनमा कर्जा प्रवाह १ अर्ब […]


बैंकिङ क्षेत्रको सूचना प्रवाह गर्दा सजग हुन निर्देशक डा.भट्टको आग्रह

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले बैंकिङ क्षेत्रविरुद्ध अफवाह नफैलाउन र त्यसको पछि नलाग्न आग्रह गरेका छन् । निक्षेपकर्ताको विश्वासमा बैंकिङ क्षेत्र चल्ने भन्दै उनले कर्जा रिकभरीमा केही दबाब रहेको भएपनि पयर्याप्त तरलता भएकोले कुनै समस्या नरेहको बताए । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको एड्भान्स बैंकिङ तालिम कार्यक्रममा […]


‘बैंकिङ क्षेत्र एक दशकयताकै सहज स्थितिमा’

बैंकिङ खबर/नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले बैंकहरू सबल अवस्थामा रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले काभ्रेको बनेपामा आयोजना गरेको ‘एड्भान्स बैङ्किङ तालिम कार्यक्रम’मा उनले बैंकहरूसँग पर्याप्त तरल सम्पत्ति रहेकाले स्थिति सबल रहेको बताएका हुन् । र, निष्क्रिय कर्जा केही बढेको भए पनि व्यवस्थापन […]


डेपुटी गभर्नर ढुंगानालाई आर्थिक अनुसन्धान विभागको जिम्मा

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक सुपरिवेक्षण विभाग आफ्नो मातहतमा ल्याएका छन्। गभर्नर अधिकारीले डेपुटी गभर्नर निलम ढुंगानालाई आर्थिक अनुसन्धान विभागको जिम्मा दिएर बैंक सुपरिवेक्षण विभाग आफ्नो मातहतमा तानेका हुन्। यसअघि बैंक सुपरिवेक्षण विभाग डेपुटी गभर्नर बमबहादुर मिश्रबाट ढुंगानालाई दिइएको थियो। हाल डेपुटी गभर्नर बमबहादुर मिश्रको मातहतमा नियमन विभाग छ।


गभर्नर अधिकारीले आफैंसँग राखे बैंक सुपरिवेक्षण विभाग

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक सुपरिवेक्षण विभाग आफैंसँग राखेका छन् । डेपुटी गभर्नर निलम ढुंगाना माताहत रहेको उक्त विभागलाई गभर्नर अधिकारीले आफू मातहत राखेका हुन् । अब सुपरिवेक्षण विभागले अब सिँधै गभर्नरलाई रिपोर्टिङ गर्नुपर्ने भएको छ । गभर्नर अधिकारीले आफूले सिधै हेर्दै आएको आर्थिक अनुसन्धान विभाग डेपुटी भगर्नर ढुंगानाको मातहतमा सारिदिएका छन् […]


राष्ट्र बैंकको सहयोगमा विभागले सहकारी संस्थाको अनुगमन गर्ने

बैंकिङ खबर/ सहकारी विभागले राष्ट्र बैंकको सहयोगमा सहकारी संघ-संस्थाहरूको अनुगमन नियमन गर्ने भएको छ । खासगरी, बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुको वित्तीय स्थिति अनुगमन गर्नेगरी विभागले राष्ट्र बैंकसमक्ष सहयोगका लागि अपिल गरेसँगै बैंकले प्रतिनिधि पठाउन तयार भएको हो । सहकारी संस्थाको अनुगमनका लागि राष्ट्र बैंकले तीनजना प्रतिनिधि उपलब्ध गराएको भूमि व्यवस्था, सहकारी तथा गरिबी […]


न्यून जोखिम भारितमा २ करोड माथिका ऋण राख्न नपाइने, पुँजीकोष ०.५% बिन्दुसम्म खुकुलो

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई थप कर्जा लगानी गर्न सक्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले पुँजीकोषको गणनाको व्यवस्थामा लचकता अपनाउँदै ०.०५ देखि ०.५ प्रतिशत बिन्दुसम्मको कर्जा लगानी गर्ने थप स्पेस सृजना गरेको हो । केन्द्रीय बैंकले क्यापिटल एडिक्वयसी फ्रेमवर्क २०१५ को जोखिम भारित गणना गर्ने व्यवस्थालाई संशोधन गरेर बैंकहरुको कर्जा […]


गभर्नर अधिकारीको शैक्षिक योग्यतासम्बन्धी रिटमाथि फागुन २१ गते सुनुवाइ

बैंकिङ खबर/सर्वोच्च अदालतमा दायर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतासम्बन्धी रिट निवेदनको सुनुवाइ फागुन २१ गते हुने भएको छ। सर्वोच्चमा गत माघ १४ गभर्नर अधिकारीको मुद्दाको पूर्ण सुनुवाइका लागि पेसी तोकिएको थियो। तर, पछि स्थगितको सूचीमा परेको थियो। गत माघ ९ गते न्यायाधीशहरु प्रकाशकुमार ढुंगाना र बालकृष्ण ढकालको इजलासमा पेसी तोकिएको भए पनि […]


राष्ट्रबैंकद्वारा एकीकृत निर्देशन संशोधन, चैतदेखि ब्याजदर अझै घट्ने

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको लागि जारी गरिएको एकीकृत निर्देशन २०८० मा संशोधन/परिमार्जन/थप गरेको छ । केन्द्रीय बैंकले क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन संशोधन गरेको हो । राष्ट्र बैंकले संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम […]