महालक्ष्मी विकास बैंकको २०८१ सालको भित्तेपात्रो प्रकाशन

बैंकिङ खबर/महालक्ष्मी विकास बैंकले २०८१ सालको क्यालेन्डर प्रकाशन गरेको छ । आइतबार बैंकले आफ्नो आधिकारिक वेबसाइटमार्फत उक्त क्यालेन्डर प्रकाशन गरेको हो । बैंकले स्थानीय साना तथा मझौला व्यापारहरू झल्कने तस्बिरहरू मार्फत् सकारात्मक सन्देश प्रदान गर्दै यस वर्षको क्यालेन्डर प्रकाशन गरी आफ्ना ग्राहक समक्ष ल्याएको हो । उक्त क्यालेन्डरमा विश्व फोटोग्राफी दिवसको अवसर पारेर बैंकले सञ्चालन […]


क्रिप्टोकरेन्सी कारोबारको आरोपमा ८ भारतीय नागरिक पक्राउ

बैंकिङ खबर/ राजश्व अनुसन्धान विभागले ८ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विभागको टोलीले १८ फागुनमा उनीहरुलाई पक्राउ गरेर मोबाइल जाँचका लागि डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ । विभागका अनुसार, उनीहरु क्रिप्टोकरेन्सी कारोबारमा जोडिएको आशंका छ । पक्राउ परेकामध्ये अमिरुदिन नामक भारतीय नागरिकले स्वयम्भुमा कोठा भाडामा लिएर शंकास्पद गतिविधि गरिरहेको सूचना विभागले पाएको थियो […]


ग्लोबल आइएमई बैंकद्वारा प्राचीन कलाकृति समावेश २०८१ सालको क्यालेन्डर सार्वजनिक

बैंकिङ खबर/ ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ वर्षको पूर्वसन्ध्यामा २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ। बैंकले राष्ट्रिय संग्रहालय छाउनी र पुरातत्व विभागसँगको सहकार्यमा विभिन्न समयमा स्वदेश फर्काइएका प्राचिन कलाकृतिहरु समावेश गरी तयार गरिएको नयाँ वर्ष २०८१ को क्यालेन्डर सार्वजनिक गरेको हो। ग्लोबल आईएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको कर्पाेरेट कार्यालय, […]


माछापुच्छ्रे बैंक कर्मचारी युनियनको अध्यक्षमा वंशीधर

बैंकिङ खबर/ माछापुच्छ्रे बैंक कर्मचारी युनियनको तेस्रो केन्द्रीय महाधिवेशनबाट वंशीधर घिमिरे अध्यक्षमा चुनिएका छन्। सर्वसम्मत रुपले शनिबार शुरु भएर आइतबार सम्पन्न कर्मचारी युनियनको महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा गणेशराज जोशी, उपाध्यक्षमा विनोदनिधि तिवारी र दीपक श्रेष्ठ तथा महिला उपाध्यक्षमा संगीता कुँवर चयन भएका छन्। देशभरका १५ सयजना कर्मचारी सहभागी अधिवेशनले महासचिवमा तलाश श्रेष्ठ तथा सचिवमा सञ्जय रानामगर, […]


महालक्ष्मी विकास बैंकद्वारा एक विद्ययार्थीलाई छात्रवृत्ति प्रदान

बैंकिङ खबर/ महालक्ष्मी विकास बैंकले एक विद्ययार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। बैंकले श्री त्रिनगर माध्यामिक विद्यालय धनगढी, केलालीमा अध्यनरत छात्रा हिरा कुमारी जोशीलाई कक्षा दश अध्यनका लागि स्वर्गीय नबराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ति प्रदान गरेको हो। विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था मालिका विकास बैंकका संस्थापक अध्यक्ष स्व. नबराज […]


ग्लोबल आइएमईका ४१ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ५ हजार बढीको सहभागिता

बैंकिङ खबर/ ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका थप ४१ वटा शाखा कार्यालयद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । मुलुकका विभिन्न जिल्लाका ४१ स्थानमा सञ्चालित कार्यक्रममा ५ हजार भन्दाबढी व्यक्तिहरुलाई बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरु, वित्तीय […]


सानिमा बैंकको चाडपर्व विशेष योजना

बैंकिङ खबर/सानिमा बैंकले आफूले इच्छाएको आफ्नो फोटो राख्न मिल्ने डेबिट कार्ड ल्याए संगै आफ्ना ग्राहकहरुका लागि चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले कस्टमाइज्ड डेबिट कार्डका लागि आवेदन गर्दा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । छुटका लागि, ग्राहकहरुले आफूले महाशिवरात्री, ग्याल्पो ल्होसार, होली, घोडेजात्रा र नयाँ वर्ष मनाएको फोटोको प्रयोग […]


गरिमा विकास बैंक र खल्तीको डिजिटल रूपान्तरणमा सम्झौता

बैंकिङ खबर/डिजिटल वालेट खल्ती र गरिमा विकास बैंक लिमिटेडबिच डिजिटल भुक्तानीका लागि रणनीतिक सम्झौता भएको छ । यस सम्झौता अन्तर्गत अब गरिमा विकास बैंकका ग्राहकहरूले खल्ती वालेटका विभिन्न सुविधाहरूको उपभोग गर्न सक्ने भएका छन् । यो साझेदारी सँगै गरिमा विकास बैंकका ग्राहकहरूले बिना झन्झट स्मार्टबैंक एप– गरिमा डिजिटल बटुवा बाट सिँधै खल्ती वालेटमा पैसा लोड […]


स्याङ्जाको भुम्रेमा गरिमा विकास बैंक लिमिटेडको एक्सटेन्सन काउण्टर स्थापना

बैंकिङ खबर/गरिमा विकास बैंक लिमिटेडले स्याङ्जा जिल्लाको वालिङ्ग नगरपालिका वडा नं. ९ स्थित भुम्रेमा एक्सटेन्सन काउण्टर स्थापना गरी उक्त एक्सटेन्सन काउण्टरबाट आजदेखि कारोबार शुभारम्भ गरेको छ । सो एक्सटेन्सन काउण्टरबाट ग्राहकहरुले खाता खोल्न, नगद जम्मा गर्न, नगद झिक्न, रेमिट्यान्समार्फत रकम पठाउन र प्राप्त गर्न लगायतका बैंकिङ्ग सुविधाहरु प्राप्त गर्न सक्नेछन् । काठमाडौँको लाजिम्पाटमा केन्द्रीय कार्यालय […]


बैंक वित्तीय संस्थाका कर्मचारीमाथि दुर्व्यवहार गर्नेलाई बर्दिया प्रशासनले कारबाही गर्ने

बैंकिङ खबर/ बैंक वित्तीय संस्थाका कर्मचारीलाई धम्की दिने तथा दुर्व्यवहार गर्ने व्यक्तिहरुलाई बर्दिया जिल्ला प्रशासन कार्यालयले कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । जिल्लामा पछिल्ला समय केही ब्यक्तिहरुले बैंक वित्तीय संस्थाका कर्मचारीहरुलाई धम्कि दिने जस्ता गतिविधि गरिरहेको भन्दै भन्दै सुरक्षाको माग गर्दै बर्दिया जिल्लामा कार्यरत कर्मचारीहरुले सुरक्षाको माग गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन पेश […]