October 17th, 2021

कोरोनाको नयाँ भेरियन्ट पैदा हुने आशंकाले विश्व अर्थतन्त्र निश्क्रिय !

बैंकिङ खबर । अन्तराष्ट्रिय मुद्रा कोष आइएमएफले कोरोना भाइरसको नयाँ भेरियन्टहरु पैदा हुने आशंकाका कारण अर्थतन्त्र राम्ररी सुचारु हुन नसकेको ठहर गरेको छ । उसले यही अनिश्चिताका कारण विश्व अर्थव्यवस्थामा सुधार प्रभावित हुने खतरा कायमै रहेको जनाएको छ। आइएमएफले हालै अमेरिकामा सम्पन्न बैठकमा कोषले कोभिड १९ को महामारीले विश्वभर गरिबी तथा असमानता बढाइरहेको उल्लेख गरेको छ । कोभिडको नयाँ भेरियन्टहरु आउन सक्ने संभावनाका कारण विश्वमा हाल भैरहेका आर्थिक पुनरोत्थानका कार्यहरुमा पनि जोखिम बढेको निष्कर्ष निकालिएको छ । बैठकले कोरोना महामारीको प्रकोपलाई रोक्नका लागि विश्वभर खोप अभियानमा तीब्रता दिनुपर्ने जनाएको छ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]