September 24th, 2021

सुदेश खालिङले सम्हाले एभरेष्ट बैंकको नेतृत्व

बैंकिङ खबर । वरिष्ठ बैंकर सुदेश खालिङले एभरेष्ट बैंकको नेतृत्व आजबाट सम्हाल्नु भएको छ । भारतीय पञ्जाव नेशनल बैंकको २० प्रतिशत लगानी रहेको एभरेष्ट बैंकले पहिलोपल्ट नेपाली सीईओ पाएको हो । खालिङभन्दा पहिला भारतको पञ्जाव नेशनल बैंकबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रतिनिधिको रुपमा आउने गरेका थिए । तर यसपटक भने एभरेष्ट बैंक संचालक समितिको बैठकले पहिलोपटक नेपाली सीईओ सुदेश खालिङलाई नियुक्त गरेको हो ।

बैंक सञ्चालक समितिले उहाँलाई ६ महिनाअघि नै नियुक्ति दिए पनि राष्ट्र बैंकको कुलिङ पिरियडको व्यवस्थाले रोकिनुभएको थियो । यो भन्दा पहिला खालिङले लक्ष्मी बैंकको नेतृत्व समाल्नुभएको थियो भने त्यसपछि खालिङ सिटिजन्स बैंकको संचालक बन्नुभएको थियो, स्टाण्डर्ड चार्टर्ड बैंक नेपालमा लामो समय काम गर्नुभएका खालिङ संस्थागत सुशासनमा चल्ने अब्बल बैंकरका रुपमा चिनिनुहुन्छ ।

बैंक संचालक समितिले खालिङलाई ४ वर्षको लागि सीईओको रुपमा नियुक्ति दिएको हो। उहाँले आफ्नो कार्यभार आजै (शुक्रबार) देखि सम्हाल्नु भएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]