September 10th, 2021

प्रभु पे द्वारा तीज कार्यक्रमसहित सम्मान

बैंकिङ खबर । प्रभु पेले महिलाहरुको महान् चाड हरितालिका (तीज) को कार्यक्रमसहित विभिन्न क्षेत्रका कलाकार तथा खेलाडीहरुलाई सम्मान गरेको छ । कमेडी च्याम्पियन, भ्वाइस अफ नेपाल र प्यारालम्पिकमा भाग लिएका नेपाली चेलीहरुलाई विशेष सम्मान तथा पुरस्कार प्रदान गरेको थियो । तीज विशेष शुभकाना आदानप्रदान कार्यक्रमको प्रमुख अतिथि हालै जापानमा सम्पन्न प्यारालम्पिक २०२० का तेक्वान्दो खेलाडी पलिशा गोवर्दनको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता प्रभु म्यानेजमेन्टका अध्यक्ष कुसुम लामाले गर्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रभु म्यानेजमेन्टका अध्यक्ष कुसुम लामाले तीज नेपाली नारीहरुको सबैभन्दा ठूलो चाड भएको र यस्ता परापूर्व देखिआएको संस्कृतिको जगेर्ना गर्नुपर्ने बताउनुभयो । उक्त कार्यक्रममा प्रभु पेले सपोर्ट गरेको नेपालका ठूला र प्रख्यात रियालिटी सो (भ्वाइस अफ नेपालका फस्ट रनरअप तारा शिरिष मगरसँग भ्वाइस अफ नेपालका प्रतियोगीहरु अफ्रिता खड्गी, नेहारिका ज्ञवालीको साथै कमेडी च्याम्पियनका श्रेया सुवेदी, नारिया गिरीको समेत उपस्थित रहेको थियो । भ्वाइस अफ नेपाल र कमेडी च्याम्पियनका प्रतियोगीहरुले तीजको अवसरमा मनोरंजनात्मक प्रस्तुतीहरु दिएका थिए । कार्यक्रममा प्रभु म्यानेजमेन्टले हालै जापानमा सम्पन्न प्यारालम्पिक २०२० मा सहभागी जनाएर आउनुभएकी कार्यक्रमका प्रमुख अतिथि पलिशा गोवर्दनलाई सम्मान पत्र तथा २५ हजार रुपैयाँबाट पुरस्कृत गरेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]