August 29th, 2021

कसरी भर्ने आईपीओ ? नयाँ लगानीकर्तालाई महत्वपूर्ण टिप्सहरु :

बैंकिङ खबर । यतिबेला आईपीओ निष्कासनको लहर चलेको छ । धेरै कम्पनीको आईपीओ पाइपलाइनमा छ ।  तपाई आईपीओमा लगानी गर्न चाहानुहुन्छ ? लगानी गर्ने चाहाना छ तर, कसरी भर्ने भन्ने सोचिरहनु भएको छ । भने, अब तपाई अपनाउनुहोस यस्तो प्रकृया ।

नयाँ व्यक्ति जसलाई शेयरमा लगानी गर्न इच्छा छ तर कुनै जानकारी अथवा यसको प्रक्रिया थाहा नहुन सक्छ । आइपीओ भर्न चाहने नयाँ लगानीकर्ताको लागि लक्षित गरेर यो जानकारी तयार पारेका छौं ।

बैंक खाता खोल्नुहोसः आईपीओमा लगानी गर्ने सोच छ भने सबैभन्दा पहिले बैंकमा खाता खोल्नु पर्दछ । जसरी मानिसले आफ्नो पैशा जम्मा गर्न र चाहेको समयमा झिक्नको लागि बैंक खाता खोलेका हुन्छन् त्यस्तै सेयर भर्नको पनि बैंक खाता अनिवार्य हुन्छ ।

डिम्याट खाता खोल्नुहोसः जसरी हामीले मोबाइल बैंकिङ/इन्टरनेट बैंकिङको लागि खाता भएको बैंकबाट फर्म भरेर आइडि पासवर्ड प्राप्त गर्दछौ । त्यस्तै, सेयर भर्नको लागि बैंक खाता खोलिसके पश्चात बैंक खाता भएको बैंकमा गएर डिम्याट खाताको फर्म÷आवेदन भर्नुहोस । डिम्याट खाता त्यस्तो खाता हो, जसले तपाईले भरेको आईपीओको बैंकमा पैसा जम्मा गरेजस्तै तपाइले डिम्याट खातामा शेयर जम्मा गर्नुपर्छ । अर्थात डिम्याट खाता तपाइको शेयर राख्ने खाता हो । त्यसैले आइपीओ भर्नका लागि पनि डिम्याट खाता चाहिन्छ । आइपीओ भरेपछि शेयर परेमा उक्त शेयर यही डिम्याट खातामा जम्मा हुन आउँछ ।

कहाँ खोल्ने डिम्याट खाता ? डिम्याट खाता तपाईको जुन बैंकमा खाता खोल्नु भएको छ सोही बैंकमा गएर डिम्याट खाता खोल्न सकिन्छ । अथवा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त कुनैपनि धितोपत्र दलाल ब्रोकर० कम्पनीमा खोल्न सकिन्छ । यसबाहेक विभिन्न बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंकिङ कम्पनीहरुले पनि यो सुविधा दिएका छन् ।

सीआरएन नम्बर लिनुहोसः डिम्याट खाता खोलीसकेपछि आफ्नो खाता भएको बैंक (डिम्याट खातामा उल्लेख गरिएको बैंक) मा गएर सीआरएन नम्बर लिनुपर्छ । सीआरएन नम्बरले तपाइएको बैंक खाता र डिम्याट खातालाई जोडने काम गर्दछ । त्यसकारण सिआरएन नम्बर अति जरुरी हुन्छ । तपाईलाई आईपीओ भर्न सिआरएन नम्बर चाहिन्छ ।

मेरो शेयर खोल्नुहोसः मेरो सेयर एउटा एप्स हो । मोबाइल बैंकिङ/इन्टरनेट बैंकिङबाट जसरी विभिन्न किसिमको कारोकार गर्न मिल्छ त्यस्तै मेरो सेयरबाट घरमै बसेर पनि आईपीओ भर्न सक्नुहुन्छ । आइपीओ भर्नका लागि र आफ्नो डिम्याट खातामा भएको विवरण हेर्नका लागि पनि मेरो शेयरको आवस्यकता पर्छ । डिम्याट खोलेको अवस्थामा नै सीडीएस एण्ड क्लियरिङ लिमिटेड ९सीडीएससी० ले उपलब्ध गराएको हुन्छ ।

मेरो शेयरको युजरनेम र पासर्ड कसरी लिने ? जुुन बैंकमा तपाईको खाता छ सोही बैंकमा डिम्याट खाता र मेरो सेयरको लागि आवेदन दिइसके पश्चात तपाईलाई बैंकले इमेल मार्फत मेरो शेयरको युजरनेम र पासर्ड उपलब्ध गराउँदछ । तपाईले मेरो शेयरको युजरनेम र पासवर्ड लिनुभयो भने इन्टरनेटनको माध्यमबाट घरमै बसेर अथवा जुनसुकै ठाउँबाट पनि आइपीओको लागि आवेदन दिन सक्नुहुन्छ ।

बैंकबाट आवेदन दिने ? मेरो शेयर नलिएका व्यक्तिले पनि आइपीओका लागि आवेदन दिन सक्छन । तर त्यसका लागि आफ्नो बैंक खाता भएको शाखाबाट फर्म भरेर आवेदन दिनुपर्ने हुन्छ ।

आईपीओमा लगानी गर्नको लागि माथिका प्रक्रिया पुरा गरेपछि घरबाटै सजिलै आवेदन दिन सकिन्छ । यसरी आवेदन दिदा तपाइले आवेदन दिन चाहेको शेयर बराबरको रकम बैंक खातामा हुनैपर्छ । आइपीओ भरेपछि तपाइले खरिद गर्न चाहेको शेयरको मूल्य बराबरको रकम तपाइको बैंक खातामा रोक्का गरिन्छ । उक्त शेयर बाँडफाँड भएपछि तपाइलाई परेको शेयर बराबरको रकम बैंक खाताबाट कट्छ भने परेको शेयर डिम्याट खातामा जम्मा हुन आउँछ । शेयर नपरेको रकम भने तपाइएको बैंक खातामा पुनः फिर्ता हुन्छ । सेयरमा लगानी गरेपछि दुई किसिमबाट फाइदा लिन सकिन्छ । पहिलो कुनैपनि कम्पनीमा तपाइले लगानी गर्नु भएको छ भने वार्षिक रुपमा लाभांश अर्थात बोनस प्राप्त हुन सक्छ । त्यसैले सकेसम्म राम्रो कम्पनीको शेयरमा लगानी गर्नुपर्छ । त्यस्तै दोस्रो बजारबाट पनि फाइदा लिन सक्नुहुन्छ । दोस्रो बजारमा शेयरको मूल्यमा हुने उतारचढावबाट तपाइले फाइदा लिन सक्नुहुन्छ । आफुले खरिद गरेको भन्दा बढी मूल्यमा शेयर विक्री गर्न सक्ने अवसर प्राप्त हुँदा तपाईले फाइदा लिनसक्नुहुन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]