July 16th, 2021

आर्थिक अवस्थाबारे छिट्टै श्वेतपत्र जारी हुन्छ: अर्थमन्त्री


बैंकिङ खबर/सरकारले अर्थतन्त्रका बारे स्वेतपत्र जारी गर्ने भएको छ । मुलुकको अर्थतन्त्रको विस्तृत अवस्था चित्रण हुने गरी सरकारले स्वेतपत्र सार्वजनिक गर्ने तयारी गरेको हो । अर्थ मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले केही दिनभित्रै स्वतेपत्र जारी गर्ने बताउनुभयो ।
स्वेतपत्र जारी गर्ने उद्देश्यले आफूले अर्थ मन्त्रालयअन्तर्गत विभिन्न महाशाखाका प्रमुखहरुसँग छलफल थालिसकेको मन्त्री शर्माको भनाइ छ ।
पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले पनि अर्थ मन्त्रालयको बागडोर सम्हालेपछि अघिल्लो सरकारका पालामा बनेको अर्थतन्त्रको विषयमा स्वेतपत्र सार्वजनिक गर्नुभएको थियो ।

‘बजेट संसद बैठकमा पेस हुन्छ
अर्थमन्त्री शर्माले केपी ओली सरकारले अध्यादेश मार्फत ल्याएको आर्थिक वर्ष २०७८/७९ को बजेट संसद बैठकमा पेस हुने बताउनुभयो ।
सदन ३ गते बोलाइसकिएको छ । अध्यादेश (बजेट) सदनमा प्रस्तुत हुन्छ । त्यहाँ नै यसलाई टेबुल गरिदैँछ । त्यहाँबाट छलफल गरेर त्यो कसरी अगाडि बढ्छ, त्यसलाई स्वीकार, अस्वीकार, प्रतिस्थापन के हुन्छ भन्ने कुरा सदनले निर्णय गर्छ ।

‘पुँजीबजार जनताको हितमा छ’
अर्थमन्त्री शर्माले पुँजीबजार जनताको हितमा भएको बताउनुभयो ।
उहाँले अहिले राजस्व संकलनको ठूलो स्रोत भएका कारण पुँजीबजार महत्वपूर्ण क्षेत्र बनेको बताउनुभयो ।

यद्यपि आफु अहिलेको समग्र अर्थतन्त्रको अवस्थाबारे भने अध्ययनकै क्रममा रहेको उहाँको भनाइ छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]