July 3rd, 2021

धनको विज्ञान

सौगात खतिवडा/कुनै समयको कुरा हो । एउटा सानो गाउँ थियो। त्यहाँको जीवन ज्यादै नै सुखद थियो, तर पनि त्यहाँ एउटा समस्या थियो ।

त्यो समस्या के भने धेरै समयदेखि पानी नपरेको कारणले गर्दा त्यहाँ पानी थिएन, तर गाउँका सबै जनता पानीको समस्याबाट मुक्ति पाउन चाहन्थे ।

यसैले गाउँका ठूलाबडा प्रबुद्ध व्यक्तिहरूले गाउँको समस्या निराकरण गर्न अर्थात् नियमित रूपमा पानी आपूर्ति गराउनका लागि दुईजना ठेकेदार झिकाए ।

ती दुवैजना ठेकेदारले स्वेच्छाले गाउँको पानी आपूर्ति गर्ने ठेक्का पाए। उनीहरू दुवैले सम्झे कि केही मात्र प्रतिस्पर्धा भएमा पनि पानीको मूल्य घट्छ र आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन सकिन्छ ।

यी दुवै ठेकेदारमध्ये एउटाको नाम राम थियो। जब राम ले पानी आपूर्तिको ठेक्का पायो । ठेक्का पाउनेबित्तिकै ऊ बाहिर निस्किएर दुईवटा बाल्टिन किन्यो । अनि ऊ एक माइल टाढा रहेको पोखरीमा दौडँदै पुग्यो । राम तुरून्तै धन कमाउन चाहन्थ्यो, तसर्थ, उसले दुई बाल्टिनको मद्दतबाट पोखरीको पानी उबाउँदै नजिकै बनाइएको सिमेन्टको टैंकरमा खन्याउन थाल्यो ।राम गाउँका अरू जनताहरू उठ्नुभन्दा धेरै अगाडि उठी पोखरीबाट पानी भर्न थाल्दथ्यो । कारण गाउँका जनताहरूलाई पानीको आपूर्तिमा समस्या नआओस् ।

उसको काम ज्यादै नै कठिन र संघर्षपूर्ण थियो, तर पनि ऊ ज्यादै नै खुशी थियो । किनकि  रामले चाडै नै धेरै पैसा कमाउन चाहन्थ्यो । उक्त कार्यबाट उसले राम्रै आम्दानी गरेको थियो । उसलाई के कुरामा गर्व थियो, भने ऊ पनि दुई सफल ठेकेदारमध्ये एक हो ।

अर्को ठेकेदार हरि पानी आपूर्तिको ठेक्का पाउनेबित्तिकै गायव भयो । ऊ महिनौसम्म यताउति कतै देखा परेन तसर्थ  राम साह्रै खुशी भयो । उसको व्यापार मा अर्को कुनै प्रतिष्पर्धी थिएन। पानी आपूर्तिको सारा पैसा राम ले मात्र कमाइरहेको थियो ।

रामसँग प्रतिष्पर्धा गरी दुईवटा बाल्टिन किनेर पोखरीबाट पानी उबाई सिमेन्टको टैंकरमा जम्मा गर्नुको सट्टा अर्का ठेकेदार हरिले व्यापारको योजना बनाए र व्यापार गर्नको लागि एउटा कम्पनी दर्ता गरे।

उक्त कम्पनीमा लगानी गर्न ४ जना लगानीकर्ता तयार पारी कम्पनीमा काम गर्न एक अध्यक्षलाई नियुक्त गरे । ६ महिनापछि निर्माण दलका साथमा उनी सोही गाउँमा फर्किए, जुन गाउँमा पानीको अभाव थियो । उक्त निर्माण टोलीले एक वर्षको अथक परिश्रम गरी Stainless still को बाक्लो पाइप लाइन पोखरीदेखि गाउँसम्म बिछ्याए । उक्त पाइपबाट पोखरीको पानी गाउँसम्म पुग्ने व्यवस्था मिलाए ।

पानीको शुभारम्भ समारोहमा हरि ले घोषणा गरे । म राम ले खुवाएको भन्दा धेरै सफा र शुद्ध पानी उपलब्ध गराउनेछु । हरि ले के कुरा थाहा पाइसकेको थियो भने, गाउँलेहरू रामको फोहर पानीबाट थाकिसकेका छन् । उनीहरू उक्त पानीबाट असन्तुष्ट छन् । यसैले पुन: उसले (हरिले) घोषणा गन्यो, “म हप्ताको सातैदिन चौबीसै घण्टा गाउँमा पानी आपूर्ति गर्नेछु ।” राम ले केवल सोमबार र शुक्रबार मात्र पानी आपूर्ति गरिरहेको थियो । ऊ छुट्टीको बेलामा काम गर्दैनथ्यो ।

हरिले गाउलेहरूसँग पुनः घोषणा गन्यो, “म पानीको असल गुणस्तर र अधिक विश्वसनीयताका अतिरिक्त रामले लिइरहेको भन्दा ७५% कम मूल्य लिनेछु ।” गाउँलेहरू सबैले ताली बजाए । हरि ले पाइपद्वारा उपलब्ध गराएको पानी पिउन सबै तयार भए ।

प्रतिस्पर्धामा कायमै रहनको लागि  रामले पनि आफूले लिँदै आएको पानीको मूल्यमा ७५% कम गन्यो। उसले फेरि अर्को २ वटा वाल्टिन किन्यो, र आफ्ना छोरा हरूलाई पनि पानी भर्ने काममा लगायो । उसले रातको समय र छुट्टीको समयमा छोराहरूले सहयोग गर्नेछन् भन्ने आशामा छोराहरूलाई काममा लगाएको थियो ।

छोराहरू पानी भर्न छोडी कलेज जान थालेको देखी राम ले छोरारूलाई भन्यो, “चाडै फर्किनु किनभने केही दिनपछि यो व्यापार तिमीहरूकै हुनेछ ।”

तर किन हो कुन्नि ? रामका दुई भाइ छोरा पानी भर्ने कामका लागि पोखरीमा फर्किएनन् । अन्त्यमा पानी आपूर्तिका लागि  रामले पनि कर्मचारी नियुक्त गर्यो ।  रामले पनि कर्मचारी र यूनियनको सामना गन्यो । यूनियनले उच्च ज्याला र धेरै सुविधाहरूको माग अघि सान्यो । यूनियनले के चाहन्थ्यो भने, कर्मचारीहरूले एकपल्टमा एक बाल्टी मात्र पानी बोकून् ।

अर्कोतर्फ हरि ले के सोच्यो, भने यस गाउँमा जस्तै अर्को गाउँमा पनि यस्तै प्रकारको असुविधा होला । यसैले उसले व्यापारको अर्को योजना बनायो । त्यसपछि उसले तीव्र गति, अधिक पानी, कम लागत तथा सफा पानी भन्ने नाराहरूसहित सारा गाउँ-गाउँ घुमेर सबैलाई पानी वितरण गर्ने योजना घोषणा गन्यो । उसले एक बाल्टिन पानीको १ पेनी मात्र कमाउँदथ्यो, तर १ दिनमा अरबौ बाल्टिन पानी बेच्दथ्यो । त्यो पानीको पैसा हरिको बैङ्क खातामा जम्मा हुन्थ्यो ।

हरिले एक यस्तो पाइप लाइन बनायो, जसबाट जनताहरूले पानी पाउँथे भने, हरिले पैसा पाउँथ्यो । हरि सधैँभरि सुखपूर्वक रह्यो। एकातर्फ रामले कडा मेहनत गर्दथ्यो भने, उसलाई सदा आर्थिक समस्याको सामना गरिरहनुपर्दथ्यो ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]